10 years ago
April 22, 2016
पोखरा (हाम्रो खेलकुद) – चार महिनाको बीचमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी पोखरामा नकआउट उपाधिका लागि भिड्दैछन् । धरानलाई बिहीबार १-० ले हराउँदै आर्मीले मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा मनाङगको भेट पक्का गरेको थियो ।
अघिल्लो दिन मनाङले अर्को विभागिय टोली एपिएफमाथि ५-० को जित निकाल्दै अघि बढेको थियो । माघमा पोखरामा आहा रारा गोल्डकपको फाइनलमा मनाङले आर्मीलाई हराएको थियो । धरानलाई हराएपछि आर्मीका प्रशिक्षक मेघराज केसीले माघको हारको पीडा विर्साउने गरि उपाधिका लागि खेल्ने बताएका छन् ।
आर्मीलाई फाइनल पुर्याउने एकमात्र गोल नवयुग श्रेष्ठले गरेका थिए । सन्तोष तामाड्को पासमा झन्डै २५ यार्डबाट नवयुगेको प्रहार गोलमा परिणत भएपछि आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले माघको हारको बदला लिन्छ वा मनाङले चार महिनामा दोस्रो पटक पोखरामा उपाधि जित्छ त्यसको लागि शनिबार दिउँसो सम्म कुर्नु पर्ने हुन्छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]