default_image

7 years ago

February 18, 2019

संकटालाई हराउँदै च्यासल क्वाटरफाइनलमा

184 views

0 Bookmark

दीपक न्यौपाने, बुटवल

भ्याली च्यासल युवा क्लबले २१ औं तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । सोमबार भएको खेलमा च्यासलले सीएमजी क्लब संकटालाई २-० ले पराजित गर्यो ।

च्यासलको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ४९ औं मिनेटमा अर्मान्ड मोएनले सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि नै सजिन थापामगरले गोल गर्दै च्यासललाई बलियो स्थितिमा पुर्याएका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका अर्मान्ड खेलको म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । च्यासलले अब क्वाटरफाइनलमा ए डिभिजन लिग विजेता मनाङ मर्स्याङदी क्लबको सामना गर्नेछ । उक्त खेल फाल्गुन ९ गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत मंगलबार भारतको ब्रदर्स युनाइटेड र नेपाल पुलिस क्लब खेल्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.