7 years ago
February 19, 2019
दिपक न्यौपाने, बुटवल
तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक सफल नेपाल पुलिस क्लब भारतको युनाइटेड दार्जीलिङलाई २-० ले पराजित गर्दै २१ औं संस्करणको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब पुलिसले च्यासल र मनाङबिचको विजेतासँग खेल्नेछ ।

युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लबले उत्कृष्ट आधा दर्जन प्रहार खेर फालेको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपाल पुलिसका भरपर्दा खेलाडी रबि पासवानले मध्यभागबाट एक्लैले अगाडी बढाएर हानेको प्रहारले पोष्टको फस्टबार च्याप्दै गोल सम्भव भएको थियो ।
दर्शकको राम्रो साथ पाएको पुलिसका लागी पहिलो हाफको मध्यान्तरमा एक सुन्दर मौका चुकाएका थिए । पासवानले हानेको प्रहार बारमा लागेर बाहिरीयो । उता युनाइटेडका मनोज के. को प्रहारपनि बारमा लागेर फर्कनु दुर्भाग्य रह्यो । शुरुवातमा राम्रो तालमेल देखाएको भारतले पुलिसको प्राविधिक र शारीरिक खेलसामु खरो उत्रन सकेन ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा झनै खरो उत्रिएको पुलिस स्ट्राइकर अभिषेक रिजालबिना मैदानमा उत्रेको थियो । केहिसमय अगाडी खप्तड गोल्डकपको उपाधी उचालेको पुलिस युवा खेलाडीको तालमेलका कारण युनाइटेडलाइ हम्मे हम्मे परेको थियो ।
दोस्रो हाफको ६८ औ मिनेटमा पुर्वेली खेलाडी मिलन राइको उत्कृट फिनिसीङका सामु बिपक्षी गोलरक्षक सन्जीबको कुनै जोर चलेन र बलले सिधै जाली चुम्न सफल रह्यो । खेलको अन्तिमतीर कप्तान भरत शाहको सट्टामा मैदान प्रवेश गरेका सुमन लामाले रवी पासवानको पासमा पाएको एक राम्रो अबसर खेर फाल्दै अग्रता बढाउने मौका गुमाएका थिए । खेलको ८० औ मिनेटमा युनाइटेडका गनेस लिम्बुको प्रहार पोस्ट नजिकैबाट बाहिरीएको थियो ।
खेलमा नेपाल पुलिस क्लबका गोलकर्ता रवी पासवान म्यान अफ द म्याच घोषीत भए । उनलाइ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले नगद १० हजारले सम्मान गरेका थिए । प्रतियोगिताअन्तर्गत बुधबार एपीएफलाइ पराजीत गरेको झापा ११ र दाफिन्स एफ.सी. क्यामरुनका बिचमा खेल हुने प्रचारप्रसार संयोजक एवम जिल्ला फुटबल सघं रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ ।यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।
बुधबारको खेल
झापा ११ विरुद्ध दाफिन्स एफ.सी. क्यामरुन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]