7 years ago
February 20, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको राउन्ड अफ १६ को पहिलो लेगमा लिभरपुल बायर्न म्युनिखको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा पाहुना टोलीले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुलले गोल गर्न सकेन । साडियो मानेले झन्डै आधा दर्जन प्रयासलाई सदुपयोग गर्न सकेनन् । बायर्नले पनि पाएको थोरै अवसरमा अपेक्षित आक्रमण गर्न नसक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपर्यो ।
बायर्नले लिभरपुलको मैदानमा लगातार तेस्रो पटक गोलरहित बराबरी खेलेको छ । यता प्रशिक्षक योर्गेन क्लोपले बायर्नविरुद्ध ३० औं पटक खेल्दा पहिलो पटक गोलरहित बराबरीको नतिजा आत्मसात गरेका छन् । बायर्नले च्याम्पियन्स लिगको पछिल्लो ९ अवे खेलमा अपराजित यात्रा कायम गरेको छ ।
बायर्नले खेल अवधिभर कुनै प्रहार पनि पोस्टको दिशामा प्रहार गर्न सकेन । दोस्रो लेगको खेल बायर्नको घरेलु मैदानमा १३ मार्चमा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]