7 years ago
February 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक स्विडिस योहान कालिन बिहीबार नेपाल आइपुगेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को गत माघ ३ गते बसेको बैठकले मच्छिन्द्र क्लबका पूर्व प्रशिक्षक समेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
उनले मार्चबाट सिनियर राष्ट्रिय टिमको नेतृत्व सम्हाल्नेछन् । यस्तै कालिनले मार्च २२ देखि कतारमा हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणदेखि जिम्मेवारी निर्वाह गर्नेछ ।
एएफसी यु–२३ का लागि खेलाडीको प्रारम्भिक चरणको प्रशिक्षण सुरुहुनुभन्दा अघि उनी नेपाल आइपुगेका हुन् । उनी एकसातासम्म काठमाडौंमा रहनेछन् । यसबीचमा कालिनले यु–२३ टिमको प्रशिक्षणलाई नियाल्नेछन् ।
त्यसपछि उनी वर्कपरमिट मिलाएर परिवारसहित काठमाडौं आउने एन्फाका सदस्य दावा लामाले हाम्रो खेलकुदलाई जानकारी गराए । उनलाई स्वागत गर्न एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फा पदाधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]