default_image

10 years ago

April 23, 2016

पोखरा कपको उपाधि मनाङलाइ

141 views

0 Bookmark

पोखरा ११ वैशाख
लक्ष्मी हुण्डाइ मनाङमस्र्याङदी क्लबले पोखरामा आयोजित पााचौ मनकामना केवलकार पोखरा कपको उपाधि चुमेको छ । पोखरा रंगशालामा आज भएको फाईनल खेलमा विभागिय टिम आर्मी क्लबलाई ५—० को फराकिलो अन्तरले हराउदै मनाङले उपाधि जितेको हो ।
विजेता मनाङले उपाधि सहित नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैय नगद हात पारेको छ । उपविजेता आर्मीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ ।

winner mmc
मनाङलाई जिताउन अनिल गुरुङ र ओलावालेले दुई / दुई गोल गरे भने सुजल श्रेष्ठ एक गोल थपे । खेलको पहिलो मिनेटमै अनिलको गोलबाट अग्रता लिएको मनाङका लागि पुन : १० औं मिनेटमा उनले दोस्रो गोल गरे । ३० औं मिनेटमा सुजल श्रेष्ठको गोलले अग्रता तेब्बर पारेको मनाङको लागि ओलावालेले ३४ औं र ४९ औं मिनेटमा दुई गोल थपे ।
खेलको २३ औं मिनेटमा मैदानमा हातपात गर्ने मनाङका हेमन गुरुङ र आर्मी क्लवका सन्तोष तामाङ रातो कार्ड खादै मैदानबाट वाहिरिएपछि

दुवै टिम १० खेलाडीमा सिमित भएका थिए । आर्मीले पाएका केहि अबसरलाई पनि सदुपयोग गर्न सकेन । मनाङ तीन महिना अघि पोखरा रंगशालामै सम्पन्न १४ औं आहा रारा गोल्डकपमा पनि आर्मीलाइृ हराउदै उपाधि चुम्न सफल भएको थियो ।
प्रतियोगितामा मनाङका टिम क्याप्टेन अनिल गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुदै मोटरसाईकल प्राप्त गर्न सफल भए । त्यस्तै मनाङका किरण चेम्जोङ उत्कृष्ट गोलकिपर, छिरिङ लोप्साङ उत्कष्ट प्रशिक्षक, कमल श्रेष्ठ उत्कृष्ट डिफेन्सको उपाधि सहित नगद १५ हजार प्राप्त गर्न सफल भए । त्यस्तै आर्मीका विमल राना उत्कृष्ट मिड फिल्ड तथा एपिएफका रञ्जन विष्ट र मनाङका ओलावालेले सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भए ।

प्रतियोगिताको विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्ट, एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ , मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.