default_image

10 years ago

April 23, 2016

थापाले अन्तिम अस्त्र प्रयोग गर्ने

163 views

0 Bookmark

दीपेन्द्र पोखरेल काठमाडौं –

फिफाको अपिल कमिटिले आफ्नो अपिललाई पूर्ण रुपमा खारेज गर्दा आफुलाई निकै निराश बनाएको प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले बताएका थिए ।

Ganesh thapa

कात्तिकमा फिफाको एथिक्स कमिटीले भ्रष्टाचारको अभियोगमा १० बर्षे प्रतिबन्धका साथै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । त्यसविरुद्ध थापाले गरेको अपिललाई अपिल कमिटिले शुक्रबार खारेज गर्दै कारवाहीलाई यथावत राख्ने निर्णय गरेको थियो । ‘अपिल कमिटीको निर्णय मैले प्राप्त गरे । मेरो अपिल खारेज भएको छ,’ थापाले शनिबार विज्ञप्ती जारी गर्दै भनेका छन्,‘यसले मलाई निराश बनाएको छ ।’ उनले अब आफु कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सिएएस) मा अपिल गर्ने समते बताएका छन् ।

आर्थिक रुपले महंगो मानिएको त्यो प्रक्रिया कहिले सुरु गर्ने भन्ने विषयमा थापाले प्रष्ट पारेका छैनन् । अपिल खारेज भएपछि तत्काल फुटबलमा फर्कन थापाको सम्भावना टरेको छ । अब फुटबलमा फर्कने उनका लागि एउटामात्र विकल्प भनेको सिएएसको निर्णय हो । फुटबलमा फर्कन त्यो उनका लागि अन्तिम अस्त्र हो । यहि निर्णय यथावत रहेमा थापा सन् २०२५ सम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन पाउने छैनन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.