default_image

7 years ago

February 22, 2019

सिग्नेचर मनाङको अध्यक्षमा छिमी सर्वसम्मत

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको सबैभन्दा सफल र चर्चित ‘ए’ डिभिजन क्लब सिग्नेचर मनाङ–मर्स्याङ्दी क्लबको अध्यक्षमा छिमी उर्केन गुरुङ सर्वसम्मत चयन भएका छन् ।

मनाङ समाज सेवा समिति संरक्षक रहेको क्लबको गत बुधबारको साधरणसभाले छिमिको अध्यक्षमा दुई वर्षका लागि १४ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । कार्यसमितमा १७ सदस्यीय रहने भएपनि तीन सदस्य पछि मनोनित गरिने अध्यक्ष छिमी उर्केन गुरुङले हाम्रो खेलकुदलाई जानकारी गराए ।

प्रथम उपाध्यक्षमा रिन्जेन दोर्जे गुरुङ, उपाध्यक्षमा कर्मा छिरिङ गुरुङ, मुखिया लामा र टासी गुरुङ छन् । महासचिवमा अनिल गुरुङ र सचिवमा छिरिङ टासी घले सर्वसम्मत चयन भए । कोषध्यक्षमा कान्छा गुरुङ र सह–कोषाध्यक्षमा प्रेम बहादुर गुरुङ चयन भए । सदस्यमा तेन्जिङ गुरुङ, अमर गुरुङ, पेम्बा गुरुङ, सोनाम घले र मुखिया गुरुङ चयन भए ।

नया कार्यसमितिले पोखरामा बिहीबारबाट सुरु भएको १७औं संस्करणको आहा रारा गोल्डकपपछि कार्यभार सम्हाल्ने अध्यक्ष गुरुङले जानकारी गराए । ‘बुधबार नयाँ कार्यसमितिको लागि सबै पदमा सर्वसम्मत चयन भएका छन् । हामीले आज हाम्रो संरक्षक मनाङ समाज सेवा समितिलाई नयाँ कार्यसमितिबारे जानकारी गराएका छौं,’ अध्यक्ष गुरुङले भने, ‘कार्यभार ह्यान्डओभर र टेकओभर आहा रारा गोल्डकप पछि हुनेछ । पुरानो कार्यसमिति अहिले मोफसलका प्रतियोगितामा व्यस्त छन् । आहा रारापछि पुराना कार्यसमिति काठमाडौं आएपछि हामी कार्यभार सम्हाल्नेछौं ।’ मोफसलका प्रतियोगितामा पुराना कार्यसमितिले कार्य गरिरहेका कारण केही असहज परिस्थिति नआओस भन्ने हाम्रो चाहना हो ।

यस्तै अध्यक्ष छिमि उर्केन गुरुङले आफ्नो दुई वर्षे कार्यकालमा मनाङलाई राम्रो स्थानमा राखिरहने बताएका । ‘मनाङ अहिले काठमाडौंको मात्रै नभएर नेपालको प्रतिनिधित्व गरेर खेल्न लागेको छ । मुखैमा एएफसी कप छ । यो कपबाट दोस्रो चरण पुग्ने हाम्रो लक्ष्य छ । हामी सबैभन्दा पहिले यसमै केन्द्रित हुनेछौं ।’ उनले भने ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.