7 years ago
February 22, 2019
एजेन्सी – लन्डन क्लब चेल्सीलाई खेलाडी अनुबन्धमा दुई विन्डोको प्रतिबन्ध लागेको छ । विश्व फुटबलको सर्वाेच्च संस्था (फिफा) ले लन्डन क्लब चेल्सीले नियम विपरित विदेशी युवा खेलाडीलाई अनुबन्ध गरेको भन्दै दुई विन्डोको प्रतिबन्ध सुनाएको हो ।

चेल्सीलाई प्रतिबन्धसँगै ४ लाख ६० हजार पाउन्डको जरिवाना पनि सुनाइएको छ । जसमध्ये फुटबल एसोसिएसन (एफए) ले ३ लाख ९० हजार पाउन्ड जरिवाना तोकेको हो । यो प्रतिबन्ध फुकुवा गरिसकेको खेलाडी, महिला फुटबल टिम र फुटसलमा भने लागु हुनेछैन । प्रतिबन्ध सुनाइएपनि चेल्सीलाई अपिल गर्नको लागि ३ दिनको समय दिइएको छ ।
फिफाको अनुसन्धानले चेल्सीले विदेशी युवा खेलाडी अनुबन्ध गर्दा नियम विपरित गरेको पाइएको उल्लेख गरेको छ । फिफाको अनुसन्धानले बुर्किना फासोका १८ वर्षीय बर्टरान्ड ट्राओरेलाई अनुबन्ध गर्दा नियम उंलङ्घन गरेको पाइएको फ्रेन्च वेबसाइट मिडियापार्टले उल्लेख गरेको बेलायती सञ्चारमाध्य बीबीसीले जनाएको छ । नयाँ खेलाडी अनुबन्धनमा प्रतिबन्ध लागेपछि गोन्जालो हिगुआइन सिजनको अन्त्यमा युभेन्ट्स र कोभाचिच रियल म्याड्रिड फर्कने भएका छन् ।
ट्राओरेलाई चेल्सीले फ्रेन्च लिग वान क्लब लियोनबाट सन् २०१३ मा अनुबन्ध गरेको थियो । मिडियापार्टका अनुसार चेल्सीले १४ युवा खेलाडीलाई अनुबन्ध गर्दा नियम उल्लंघन गरेको उल्लेख गरेको छ । यसअघि स्पेनिस क्लब रियल मड्रिड, एट्लेटिको म्याड्रिड र बार्सिलोनालाई पनि खेलाडी अनुबन्ध गर्न प्रतिबन्ध सुनाइएको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]