default_image

7 years ago

February 22, 2019

हिमालयन शेर्पाले धरानलाई हरायो

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले २१ औं आहा रारा गोल्डकपअन्तर्गत शुक्रबार धरान फुटबल क्लबलाई १-० ले पराजित गरेको छ ।

धरान (सेतो) र हिमालयन शेर्पाका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिर: सुदर्शन रञ्‍जित

शेर्पाको जितमा त्रिदेव गुरुङले खेलको ७६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उनले कप्तान मान बहादुर तामाङले बायाँ विङ्गसबाट गरेको क्रसलाई डाइभिङ हेडर गर्दै ६ यार्ड बक्स भित्रबाट गोल गरेका थिए ।

निर्णायक गोल गरेका त्रिदेव खेलको म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । शनिबार नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङदी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ८ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ४ लाख १ हजारमा चित्त बुझाउनेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.