default_image

7 years ago

February 22, 2019

चेल्सी र आर्सनललाई सहज प्रतिद्वन्द्वी

158 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सी र आर्सनलले युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा तुलानात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएका छन् ।

यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार चेल्सी र आर्सनलले सहज प्रतिद्वन्द्वी पाएका हुन् । चेल्सीले युक्रेनी डायनामो किभसँग खेल्नेछ । चेल्सीले माल्मोलाई समग्रमा ५–१ को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो । यस्तै डायनामो किभले ओलम्पियाकोसलाई समग्रमा ३–२ को जित निकालेर अन्तिमा १६ मा स्थान सुरक्षित गरेको थियो । पहिलो लेग चेल्सीको मैदानमा हुनेछ ।

यस्तै आर्सनलले फ्रेन्च लिग वान क्लब रेन्निसलाई विपक्षीको रुपमा पाएको छ । आर्सनलले बाटे बोरिसोभमाथि पुनरागमनसहित समग्रमा ३–१ को तथा रेनिसले स्पेनिस क्लब रियल बेटिसमाथि समग्रमा ६–४ को जित निकाल्दै अन्तिम १६ मा स्थन सुरक्षित गरेको थियो ।

यस्तै पाँच पटकको च्याम्पियन स्पेनिस क्लब सेभिल्लाले चेक क्लब स्लाभिया प्रागसँग खेल्नेछ । यस्तै इटालियन क्लब इन्टर मिलानले जर्मन फ्राङ्फ्रर्टसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेग ७ मार्चमा तथा दोस्रो लेग १४ मार्चमा हुनेछ ।

युरोपा लिग प्रि–क्वाटरफाइनल ‘ड्र’
चेल्सी विरुद्ध डाइनामो किभ
फ्राङ्कफर्ट विरुद्ध इन्टर मिलान
डायनामो जाग्रेब विरुद्ध बेन्फिका
नेपोली विरुद्ध साल्जवर्ग
भ्यालेन्सिया विरुद्ध कास्नोडर
सेभिल्ला विरुद्ध स्लाभिया प्राग
आर्सनल विरुद्ध रेन्निस
जेनिट विरुद्ध भिल्लारियल

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.