7 years ago
February 23, 2019
एजेन्सी – कुनैपनि उपाधि रक्षा गर्नु सहज कार्य होइन । अझ विश्व फुटबलकै प्रतिष्ठित मानिने उपाधि एकपटक जित्नु नै कतिपय क्लबले नसकेको अवस्थामा लगातार उक्त उपाधि रक्षा गर्नु निकै ठूलो उपलब्धि हो । रियल म्याड्रिडले लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जित्दै युरोपको च्याम्पियनका रुपमा १ हजार दिन पूरा गरेको छ ।

सन् २०१६ मे २८ को दिन मिलानमा भएको फाइनलमा एटलेटिको म्याड्रिडलाई पराजित गर्दै जिनेदिन जिदानको प्रशिक्ष्कत्वमा पहिलो उपाधि जितेको थियो । समग्रमा रियलको यो ११ औं च्याम्पियन्स लिग उपाधि थियो । उक्त फाइनलमा पेनाल्टी सुटआउटमा रियलका लागि लुकास भाज्केज, मार्सेलो, ग्यारेथ बेल, सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डोले लगातार गोल गरे । तर एटलेटिकोका लागि जुआनफ्रानले पेनाल्टीमा गोल गर्न नसक्दा रियलले उपाधि कब्जा गर्यो ।
लगत्तै अर्को सिजन रियलले अर्को इतिहास रच्ने सिलसिला सुरु गर्यो । नकआउट चरणमा नेपोली, बायर्न र एटलेटिको म्याड्रिडलाई पराजित गर्दै युभेन्ट्ससँग फाइनल भिडन्त तय गर्यो । त्यसबेलासम्म कुनै टोलीले च्याम्पियन्स लिगको उपाधि रक्षा नगरेको अवस्थामा फाइनलमा युभेन्ट्सलाई पराजित गर्दै रियलले नयाँ इतिहास रच्यो ।
रियलले त्यसपछि गत सिजन पनि लगातार तेस्रो उपाधि जित्ने अविश्वसनीय सफलताको प्रयास थाल्यो । नकआउट चरणमा पीएसजी, युभेन्ट्स र बायर्नलाई लगातार परास्त गरेको रियलले फाइनलमा लिभरपुललाई पन्छाउँदै लगातार तेस्रो उपाधि जित्यो । आजको मितिसम्म आइपुग्दा रियल लगातार १ हजार दिन युरोपको च्याम्पियन क्लबको रुपमा स्थापित भएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]