7 years ago
February 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले मोफसलको गोल्डकपमा लगातार खराब प्रदर्शनलाई निरन्तरता दिंदा शनिबार १७औं आहा रारा गोल्डकप फुटबल प्रतियेगितामा विभागीय नेपाल एपीएफ क्लबसँग पराजित भएको छ ।

बाई पाएर सिधै क्वाटरफाइनल खेल खेलेको मनाङ आहा राराको आफ्नो पहिलो खेलमै एपीएफसँग १–० ले पराजित हुदै पहिलो चरणबाटै बाहिरिएको हो । एपीएफले यसअघि पहिलो खेलमा आयोजक सहारा क्लबलाई सडनडेथमा ५–४ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको थियो ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङलाई पराजित गर्न प्रदीप लामाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो । खेलको ७१औं मिनेटमा सन्तोष श्रेष्ठको कर्नरलाई अनमार्क रहेका प्रदीपले हेडमार्फत गोल गरेका थिए । उनको हेड गोललाईनमा बसेका हेमन गुरुङले बचाउने प्रयास गरेपनि सफल भएनन् । खेलको अन्तिम समयतिर मनाङले लगातार दवाव सिर्जना गरेपनि हार टार्न सकेन ।
गोलकर्ता प्रदीप नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए । त्यसअघि खेलको चौथो मिनेटमा मनाङका आफिज ओलेवोलाको प्रहार दोश्रो बारबाट थोरै बाहिरियो । २०औं मिनेटमा हेमन गुरुङको प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले बचाए । ७५औं मिनेटमा बिशाल राईको कर्नरमा प्रकाश वुढाथोकीको फितलो प्रहारले पोस्टको दिशा लिएन ।
प्रतियोगितमा आइतबारको त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच खेल हुने आयोजक सहारा क्लबले जनाएको छ । यसअघि मनाङ तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा भ्याली च्यासल युथ क्लबसँग पराजित भएको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]