7 years ago
February 23, 2019
काठमदौं (हाम्रो खेलकुद) – अभिषेक रिजालले उच्च लयलाई निरन्तरता दिंदै ह्याट्रिक गरेपछि नेपालले भारतको गुवाहाटीमा जारी डा तालिमेरेन ताओ फुटबल च्याम्पियनसिपमा मणिपुरलाई ३-१ ले पराजित गरेको छ ।

अभिषेकले खेलको १९ औं मिनेटमा अनिल महर्जनको पासमा पहिलो गोल गरेका थिए । ३० औं मिनेटमा एरिक विष्टको कर्नरमा हेडरमार्फत गोल गर्दै अभिषेकले २-० को अग्रता दिलाए । दोस्रो हाफको ५४ औं मिनेटमा मणिपुरका सोंग्पू सिङसितले गोल गर्दै एन्फाको अग्रता घटाए ।
७८ औं मिनेटमा धिरज श्रेष्ठलै मणिपुरका गोलरक्षकले पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो । मणिपुरका खेलाडीले उक्त निर्णयको विरोध गर्दा खेल केहीबेर रोकिएको थियो । तर अभिषेकले ८२ औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै ह्याट्रिक पुरा गरे ।
पहिलो खेलमा मेघालयसंग ३-२ ले पराजित नेपालले दोस्रो खेलमा त्रिपुरालै ८-० ले पराजित गरेको थियो । अभिषेकले यसअघिको खेलमा ४ गोल गरेका थिए । नेपालले अर्को खेल आइतबार मिजोरमसंग खेल्नेछ । ६ टोलि सहभागी नेपालको समूहमा नेपालले ३ खेलमा २ जित र १ हार बेहोरेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]