default_image

7 years ago

February 23, 2019

पाकिस्तानले महिला साफ नखेल्ने

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानले फाल्गुन २८ देखि नेपालको विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ ।

प्रतियोगितामा टोली दर्ता गर्ने अन्तिम दिन शनिबारसम्म पनि पाकिस्तानले कुनै प्रक्रिया अगाडी नबढाएपछि टोलीले सहभागिता नजनाउने भएको हो । ‘आज टोलि दर्ताको अन्तिम मिति थियो । पाकिस्तानको नाम नआएकाले हामीले सहभागी नहुने बुझ्यौं । के कारण हो भन्ने औपचारिक पत्र भने आइपुगेको छैन,’ एन्फा प्रवक्ता किरण राईले भने ।

यसअघि सन् २०१६ मा पनि पाकिस्तानले अन्तिम समयमा सहभागिता नजनाउने भएको थियो । सन् २०१४ मा पाकिस्तानले आफैं आयोजना गरेयता टोलीले प्रतियोगितामा सहभागिता जनाएको छैन ।

सन् २०१० मा सेमिफाइनल पुगेको पाकिस्तान त्यसपछिको दुई संस्करणमा भने समूह चरणबाट नै बाहिरिएको थियो । यसपटक पाकिस्तान समूह ‘ए’ मा आयोजक नेपाल, भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका तय थियो । तर पाकिस्तानले फिर्ता लिने भएसँगै खेल तालिकामा परिवर्तन आउने सम्भावना रहेको छ ।

विराटनगरमा फाल्गुन २८ देखि सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत ८ गतेलाई तोकिएको छ । प्रतियोगिताको लागि एन्फाले आवश्यक उपसमिति गठन गरेर खेलमैदान लगायत सम्पूर्ण तयारीलै तीव्रता दिएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.