7 years ago
February 24, 2019
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेपछि लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा युनाइटेडले पहिलो हाफमा गोलका केहि राम्रो अवसर पाएर पनि गोल गर्न सकेन ।

जेसी लिङगार्डको प्रयासलाई लिभरपुलका गोलकिपर एलिसनले विफल पारे भने एन्ड्रिुय रोबार्टसनको कर्नमा जोन माटिपको प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यस्तै एस्ले योङको क्रसमा पाउल पोग्बो हेड क्रसबारमा लाग्यो ।
यो नतिजापछि लिभरपुलको ६६ अंक पुगेको छ । साविक विजेता म्यानचेस्टर सिटीको भन्दा लिभरपुलको १ अंक बढी छ । युनाइटेडको ५२ अंक पुगेपछि शीर्ष चार स्थानबाट तल झरेको छ । आजै भएको अर्को खेलमा आर्सनलले साउथ हेम्टनलाई २–० ले हराएको थियो ।
छैटौं मिनेटमा एलेक्सन्डर लाकाजेटको गोलमा अग्रता लिएको आर्सनलका लागि हेनरिक मखातारेयिनले १७ औं मिनेटमा गोल गरेका थिए । २७ खेलपछि लिभरपुल, सिटी, टोटेननह्याम (६०) र आर्सनल (५३) शीर्ष चार स्थानमा छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]