6 years ago
February 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घलेले गलत कामको विरोध गर्दा आफुलाई बर्खास्त गर्ने काम भएको बताएका छन् ।
पाटन उच्च अदालतले घलेलाई मानार्थबाट हटाउनुको कारण आदेश जारी गरेपछि पहिलो पटक सोमबार पत्रकार सम्मेलन गर्दै भने,‘ मानार्थ भनेको सम्मान वा पुरस्कार जस्तो । अनि त्यस्तो फिर्ता लिने काम हुन्छ र ? उनले आफुले एन्फाको नयाँ निर्वाचित समितिको गलत कामको सुरुबाटै विरोध गरेको स्मरण गर्दै भने,‘ नवीन पाण्डे विदेशी नागरिक भएकोले फिफा कंग्रेसमा नेपालको प्रतिनिधित्व गराउने विषयमा मैले विरोध गरेकै हो । तर, त्यसमा साथीहरुलाई मेरो भनाई चित्त बुझेन ।’
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाकै समूहलाई समर्थन गरेका घले मानार्थ अध्यक्षमा दोस्रो पटक मनोनित भएका थिए । तर, केहि समयपछि नै एन्फा नेतृत्वसँग घलेको विवाद सुरु भएको थियो । गत महिना एन्फा कार्यसमितिले घलेलाई बर्खास्त गरेको थियो ।
सञ्चारमाध्यमबाट आफुलाई बर्खास्त गरेको जानकारी पाएको उल्लेख गर्दै घलेले भने,‘ त्यसको विरोधमा मैले अदालत र राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएको हु । यो अन्याय हो । ’ घलेले आफुले एन्फामा गलत कामको सधै विरोध गरेको उल्लेख गर्दै त्यसले गर्दा समय समयमा कित्ता परिवर्तन गर्नुपरेको स्वीकार गरे । यसअघि उनले शेर्पाविरुद्ध एन्फा अध्यक्षमा उम्मेदवारी दिएका नरेन्द्र श्रेष्ठको पक्षमा मत मागेका थिए । २०७३ मा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएपछि घलेलाई साधारण सभाले मानार्थ अध्यक्षका रुपमा अनुमोदन गरेको थियो ।
यसै वर्ष वैशाखमा भएको निर्वाचनमा भने घले शेर्पा प्यानलको पक्षमा उभिएका थिए । ‘नरेन्द्र श्रेष्ठ पनि लामो समय फुटबलमा काम गरेको राम्रो मान्छे भएकोले मैले साथ दिएको हु । तर उहाँहरुले पनि सोचे जसरी काम गर्न सक्नुभएन,’ घलेले भने,‘ पछि परिवर्तनको नारा दिएका शेर्पा समूहलाई साथ दिए । तर उहाँहरुले पनि राम्रो काम गर्नुभएन । म फुटबलमा लामो समयदेखि छु । म गलत कामको साथ दिन सक्दिन ।’
एन्फा निर्वाचनका बेलामा भएको कुराकानीको अडियो टेप सार्वजनिक भएको विषयमा घलेले छानविनको प्रतिवेदन आफुले पनि कुरिरहेको बताए । ‘अडियो टेप मैले पनि सुने हेरे । त्यसमा आवाज मेरो छ । त्यो सहि हो , त्यसमा मेरो आवाज छ,’ उनले थपे,‘ यो विषयमा छानविन भइरहेको छ । सत्यतथ्य बाहिर आओस् । मेरो गल्ति भए म सजाय भोग्न तयार छु । ’
पछिल्लो समय एन्फाका पूर्व अध्यक्ष गणेश थापासँग नजिएको हो भन्ने प्रश्नको जवाफमा घलेको जवाफ थियो,‘ फुटबलको सबै सँग मेरो राम्रो छ । एन्फा अध्यक्ष शेर्पासँग पनि मेरो केहि नराम्रो छैन । मेरो चाहना फुटबलमा राम्रो काम हुनुपर्दछ भन्ने मात्रै हो ।’
विश्व कपमा हरेक देशलाई जस्तै २ सय ५० टिकट एन्फालाई प्राप्त भएको उल्लेख गर्दै घलेले त्यसको पारदर्शितामाथि भने प्रश्न गरे । ‘मैले पनि सेमिफाइनल र फाइनलको टिकट किन्न खोजेको थिए , तर पाइन,’ उनले भने,‘क कसले त्यो टिकट पायो । त्यसको सबै विषयमा जानकारी दिनुपर्दछ । अहिले सम्म सार्वजनिक भए जस्तो लागेको छैन ।’
घलेले होटल भ्यु भृकुटीमा एक साताको अन्तरमा फरक फरक दर-रेट प्रयोग गरि आर्थिक अनियमितता गरेको आरोप चार जिल्ला फुटबल संघले लगाएको सत्य भएको पनि बताए । ‘यसअघि चार जिल्ला फुटबल संघले रकम हिनामिना गरेको आरोप लगाएका थिए । भ्यु भृकुटी होटलमा एक साताको अन्तरमा फरक रेट प्रस्तुत गर्दै एएफसीबाट रकम निकासा भएको देखिन्छ । चेकबाट हुनुपर्ने कारोबार रकमबाट भएको देखिन्छ । सम्बन्धिक पक्षले निष्पक्ष छानविन गर्नु जरुरि छ,’ उनले भने ।
पत्रकार सम्मेलनको भिडियो :
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]