default_image

5 years ago

February 26, 2019

रोनाल्डो बालोन डी’ ओरका हकदार

न्यूयोर्क (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायने रुनीले बालोन डी ओरका लागि उनको मत पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई जाने प्रष्ट पारेका छन् । यो वर्षको बालोन डी ओर रियल म्याड्रिडका लुका मोड्रिचले जितेका थिए । लगातार तीन पटक च्याम्पियन्स लिग जितेका कारण पनि रोनाल्डोले बालोन डी ओर जित्नु पर्ने रुनीको धारणा छ । मोड्रिचले बालोन […]

32 views

0 Bookmark

न्यूयोर्क (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायने रुनीले बालोन डी ओरका लागि उनको मत पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई जाने प्रष्ट पारेका छन् ।

यो वर्षको बालोन डी ओर रियल म्याड्रिडका लुका मोड्रिचले जितेका थिए । लगातार तीन पटक च्याम्पियन्स लिग जितेका कारण पनि रोनाल्डोले बालोन डी ओर जित्नु पर्ने रुनीको धारणा छ ।

मोड्रिचले बालोन डी ओर अघि फिफा उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए । रसियामा भएको विश्व कपमा क्रोएसियालाई फाइनल सम्म पुर्याउन मोड्रिचले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रियलले लगातार तीन च्याम्पियन्स लिग जित्दा मोड्रिच पनि त्यसको सदस्य थिए ।

थुप्रै समर्थक, खेलाडीहरुको जस्तो रोनाल्डोले बालोन डी ओर जित्नुपर्ने मत रुनीको छ । यद्दपी मोड्रिच विश्वकपमा उत्कृष्ट खेलाडी रहेको उनले स्वीकारे । ‘लुका प्रतिभावान खेलाडी हुन् । मलाई लाग्छ उनको पास दिने तरिका गज्जब छ । उनले बललाई पनि राम्ररी अघि बढाउछन्,’ रुनीले भने,’ हेर्दा उनी त्यस्तो तीब्र गतिका देखिदैनन् । तर उनीसँग खेल्न सहज छैन । उनी उत्कृष्ट खेलाडी हुन् र उनको खेल जीवन सफल छ । ‘

मोड्रिच विश्व कै उत्कष्ट खेलाडी हुन् भन्ने नलाग्ने पनि रुनीले प्रष्ट पारेका छन् । ‘वर्ष भरीको प्रदर्शन हेर्दा लाग्छ’ , उनले भने, ‘पक्कै हो । रियलमा उनको यो वर्ष राम्रो रह्यो । त्यस्तै क्रोएसियाको कप्तानका रुपमा पनि उनले राम्रो गरे ।’ आफुले भोट गर्ने हुँदा रोनाल्डोलाई भोट दिने पनि रुनीले प्रष्ट पारेका छन् ।

रोनाल्डो यहि सिजनको सुरुवातमा रियलबाट युभेन्ट्स पुगेका थिए । च्याम्पियन्स लिगका सफल खेलाडी रोनाल्डो यसपटक फरक टोलीबाट छन् । उनको टोली अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडसँग पराजित भएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.