default_image

7 years ago

February 27, 2019

पीएसजीको कप डे फ्रान्सको सेमिफाइनलमा

180 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई पराजित गर्दै कप डे फ्रान्सको सेमिफाइनलमा स्थान बनाएको छ । स्टार खेलाडी नेयमार, एडिन्सन काभानी र किलियन एमबाप्पेबिना उत्रिएको पीएसजीका लागि एन्जल डी मारियाले उत्कृष्ट प्रदर्शन गरेपछि टोली ३-० ले विजयी रहयो  ।

डी मारियाले खेलको आठौं मिनेटमा उत्कृष्ट चिप प्रहार गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । डी मारियाले नै २८ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफको ७६ औं मिनेटमा डिफेन्डर थोमस मुनिएरले गोल गर्दै पीएसजीलाई उपाधिनजिक पुर्याए ।

पीएसजी लगातार पाँचौ सिजन कप डे फ्रान्सको उपाधि हत्याउने सुरमा छ । फ्रान्सेली लिगमा एकछत्र राज जमाएको पीएसजीले च्याम्पियन्स लिगमा पनि राउण्ड अफ १६ को पहिलो लेगमा अग्रता लिएको छ । म्यानचेस्टर युनाइटेडविरुद्ध २-० ले अगाडी रहेको पीएसजीले मार्च ६ तारिखमा दोस्रो लेग घरेलु मैदानमा खेल्दैछ । त्यसअघि शनिबार लिगअन्तर्गत खेलमा पीएसजीले केनको सामना गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.