default_image

7 years ago

March 2, 2019

सन टोटेनहम छोड्न चाहन्थे !

109 views

0 Bookmark

लन्डन (एजेन्सी)– दक्षिण कोरियाली फरवार्ड हिउङ मिन सनले पहिलो सिजन कठिन भएपछि टोटेनहम छोड्ने सोच आफुले बनाएको बताएका छन् । प्रशिक्षक माउरिसियो पोचिटिनोले सम्झाएपछि क्लबमै रहेको उनले प्रष्ट पारे ।

सन केहि दिनअघि मात्र लन्डन क्लबहरमध्य वर्षका उत्कृष्ट प्रिमियर लिग खेलाडी घोषित भएका छन् । सिजनमा १७ खेलमा पहिलो रोजाइमा परेका सनले ११ गोल गरेका छन् । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा दक्षिण कोरियाले स्वर्ण पदक जित्दा सनको भूमिका महत्वपूर्ण रहेको थियो । स्पर्स च्याम्पियन्स लिगको क्वार्टरफाइनलको नजिक पुग्दा सनको पनि मुख्य भूमिका रहेको छ ।

सनले २०१६ मा क्लबमा प्रभाव पार्न नसकेपछि बायर लेभरकुसन सरुवा हुन चाहेको खुलासा गरेका छन् । ‘म क्लब छोड्ने अवस्थामा थिए । मैले प्रशिक्षकलाइ पनि भने, ‘उनले थपे, ‘मैले उनलाइ क्लब छाड्न चाहेको बताए । तर पोचिटन्नोले सम्झाएपछि आफ्नो मनस्थितिमा परिवर्तन आयो । प्रशिक्षकले म माथि विश्वास देखाए । म त्यसका लागि उनीप्रति आभारी छु ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.