default_image

7 years ago

March 2, 2019

राकिटिच बार्सिलोनामै खुसी

138 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले आफु स्पेन र बार्सिलोना खुसी रहेको बताएका छन् । यद्दपी उनी इन्टर मिलान जाने हल्ला पनि चलेको छ ।

राकिटिच सन् २०१४ मा सेभिल्लाबाट बार्सिलोना पुगेका थिए । पछिल्लो पाँच सिजन उनी बार्सिलोनाको महत्वपूर्ण हिस्सा रहँदै आएका छन् । त्यस्तै गत वर्ष क्रोएसियालाई विश्व कपको फाइनलमा पर्याउन पनि उनको भूमिका महत्वपूर्ण रह्यो ।

डच युवा खेलाडी फ्रान्की डी जोङ समरमा बार्सिलोना जाने पक्का भएपनि त्यसले आफुलाई दबाब नपरेको राकटिचले बताएका छन् । उनले आफुले अर्को क्लबका बारेमा सोच्नु नपरेको र बार्सिलोना आफ्नो लागि सहि क्लब भएको बताएका छन् ।

‘मलाई स्पेनमा बस्न मन पर्छ,’ उनले भने, ‘दुर्भाग्यवश मलाइ अर्को पासपोर्टका लागि भनिएको छैन । किन की मसँग पहिलै दुईवटा छ । स्पेनको लागि पनि सोधिएको थियो , किनकी म यहाँ ठिक र खुसी छु । ‘

राकिटिचले परिवार पनि बार्सिलोनामा खुसी रहेको बताएका छन् । ‘मेरो परिवार पनि खुसी छन् । मेरो छोरीहरु बार्सिलोनामा राम्रो गरिरहेका छन्, उनले भने, सेभिल्ला देखि पनि सजिक छौं । त्यसैले यहाँ बस्नु मेरो लागि सहि छ । ‘

बार्सिलोनामा राकटिचले उच्च प्रदशन गर्दै आएका छन् । यो सिजनमात्र उनले सबै प्रतियोगिता गरि टोलीका लागि ३८ खेल खेलिसकेका छन् । उनले यो सिजन चार गोल गरिसकेका छन् । जुन टोलीका लागि लियोन मेस्सी र लुइस स्वारेज भन्दा मात्र कम हो । डी जोङ बार्सिलोना पुगेपछि राकिटिचले पहिलो रोजाइमा पर्न संघर्ष गर्नुपर्ने हुन्छ । जोङ चाडै टोलीमा घुलमिल हुने अपेक्षा गरिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.