पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको फाइनल खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । पहिलो हाफमा खेल १-१ को बराबरीमा सकिएको छ ।

आर्मीका टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा नै गोल गरे । दायाँ विङबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका टेकबहादुर सहजै हेडरमार्फत गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा अन्नत तामाङको क्रसमा आर्मीका दीपक गुरुङले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रञ्जित धिमालले गोल गर्दै खेल बराबरीमा ल्याए ।
हालसम्म आर्मीले र्मीले प्रतियोगिताको उपाधि जित्न सकेको छैन । थ्री स्टार भने हालसम्म ४ पटक उपाधि जितिसकेको छ ।