एजेन्सी – नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले बाजी मारेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलको नर्थ लन्डन डर्वीमा चेल्सीले फुलहमलाई २–१ ले हराएको हो ।

फुलहमको मैदानमा चेल्सीलाई जिताउन गोन्जलो हिगुआइन र जर्गिन्होले गोल गरे । फुलहमका कलुम च्याम्वर्सले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफको ११ मिनेटको अन्तरमा भएको थियो ।
खेलको २०औं मिनेटमा गोन्जलो हिगुआइनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । कप्तान सिजरको क्रसमा हिगुआइनले ८ यार्ड बक्सबाट गोल गरेका थिए । २७औं मिनेटमा कलुम च्याम्वर्सको गोलबाट घरेलु टोलीले खेललाई १–१ को बराबरीमा ल्याए । बाबेलको क्रसमा अनमार्क रहेका कलुमले भली प्रहार गरेका थिए ।

३१औं मिनेटमा जर्गिन्होले इडेन हाजार्डको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो । यो जितसँगै प्रशिक्षक मौरिसियो सार्रीलाई राहात मिलेको छ ।
जितसँगै चेल्सी २८ खेलबाट ५६ अंक जोडेर तालिकाको छैटौ स्थानमा यथावत रहेको छ । अन्य टोलीले चेल्सीले भन्दा १ खेल बढी खेलेको छ । फुलहम १७ अंक जोडेर १९औं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा वाटफोर्डले लेस्टर सिटीलाई २–१ ल्ले पराजित गरेको छ । वाटफोर्डको जितमा ट्रोए डिनी र एन्ड्रे ग्रेले गोल गरे । लेस्टरका जेमी भार्डीले एक गोल फर्काए । वाटफोर्ड ४३ अंकसहित आठौं तथा लेस्टर ३५ अंकसहित ११औं स्थानमा छ ।
लिगमा सिटीको ७१ अंक रहेको छ । ६१ अंकसहित टोटेनहम तेस्रो, ५८ अंकसहित म्यानचेस्टर युनाइटेड चौथो तथा ५६ अंकसहित आर्सनल पाँचौ स्थानमा रहेको छ ।