default_image

5 years ago

March 4, 2019

ग्यालेक्सीमा बेकह्यामको सालिक

52 views

0 Bookmark

एजेन्सी – अमेरिकी क्लब लास एन्जेलस ग्यालेक्सीले इंग्ल्यान्डका पूर्व कप्तान तथा क्लबका पूर्व खेलाडी डेविड बेकह्यामको सालिक क्लबको मैदानमा अनावरण गरेको छ ।

सिजनको पहिलो खेल अगाडी क्लबले ५ सिजन क्लबमा बिताएका मिडफिल्डरको सालिक अन्वारण गरेको हो । सन् २००७ मा ग्यालेक्सी आएका बेकह्यामले ५ सिजनमा दुई पटक एमएलएस कपको उपाधि जितेका थिए । मेजर लिग सकरमा कुनैपनि खेलाडीको सालिक राखिएको यो पहिलो अवसर हो ।

‘यो सपना पुरा भएको दिन हो,’ बेकह्यामले अनावरण कार्यक्रममा भने, ‘यस्तो विशेष क्षणले मलाई जवान राख्नेछ र मेरो परिवार र साथीलाई मेरो याद दिलाउनेछ । मेरो करिअरको सफलतालाई यसले प्रतिबिम्बित गर्ने मैले बुझेको छ । ‘ उक्त कार्यक्रममा ग्यालेक्सीका पूर्वखेलाडी रोबी किन, बास्केटबल लेजेण्ड कोबी ब्राएन्ट र गायक स्नुप डग लगायतले बेकह्यामको प्रशंसा गरेका थिए ।

ग्यालेक्सीले नयाँ सिजनको उद्घाटन खेलमा सिकागो फाएरलाई २-१ ले पराजित गर्यो । ग्यालेक्सीका लागि खेलको ८० औं मिनेटमा स्टार फरवार्ड ज्लाटन इब्राहिमोभिचले विजयी गोल गरेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.