7 years ago
March 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले झापा गोल्डकप फुटबल प्रतियोगिता नखेल्ने भएको छ ।

मनाङका महासचिव अनिल गुरुङले एएफसी कपको तयारी गर्नुपर्ने भएका कारण झापा गोल्डकप नखेल्ने भएको हाम्रो खेलकुदलाई जानकारी गराए । एएफसी कप अप्रिल ३ बाट हुँदैछ । ‘खेलाडीहरु पनि इन्जुर छन् । आहा रारा गोल्डकपपछि टिमले प्रशिक्षण नै गरेको छैन । प्रशिक्षण नगरी एकैपटक खेल्न जाँदा फेरि पराजित भयो भने, टिमको मनोवल नै घट्न सक्छ,’ महासचिव अनिलले भने, ‘मोफसलमा मनाङले राम्रो नतिजा दिन सकिरहेको छैन । राम्रो नभइरहँदा र मुख्य खेलाडीहरु पनि इन्ज्युरी रहँदा हामीले झापा गोल्डकप नखेल्ने निर्णय गरेका हौं । हामी अब एएफसी कपकै लागि बढी केन्द्रित रहेर प्रशिक्षण गर्नेछौं ।’ उनले टिमले एएफसी कपको लागि बिहीबारबाट प्रशिक्षण सुरु गरिने बताए । प्रशिक्षण एन्फा कम्प्लेक्समा हुनेछ ।
टिमका कप्तान विराज महर्जनले मुख्य खेलाडीहरु घाइते भएको र फेरि खेल्दा घाइते भए टिमलाई नै समस्या हुने भएका कारण झापा गोल्डकप नखेल्ने निष्कर्षमा टिम पुगेको बताए । ‘आउट अफ भ्याली भन्दा पनि हामीलाई अहिले एएफसी कप बढी महत्वपुर्ण छ । हामीले क्लबको रुपमा मात्र नभई नेपालकै प्रतिनिधित्व गरेर एएफसी कप खेल्दैछौं । अहिले हाम्रो लागि एएफसी कप नै बढी महत्वपुर्ण छ,’ कप्तान महर्जनले भने, ‘टिम पनि सेफमा छैन । मुख्य खेलाडी अन्जन विष्ट, प्रकाश बुढाथोकी, कमल श्रेष्ठ र एडिलाजा सोमिडेलगायतका खेलाडीहरु इन्जर छन् । रिकभरी र प्रशिक्षणलाई विशेष फोकस दिनेछौं । एएफसी कप नजिकिदै गर्दा मोफसल खेलेर टिमलाई झनै गाह्रो बनाउने छैनौं ।’
गत पुसमा लिग च्याम्पियन भएयता, मनाङले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको फाइनलमा मात्रै पुग्न सफल भएको थियो ।
खेल तालिका अनुसार मनाङले फागुन २३ गते बिहीबार लाली रूपन्देही–११ सँग क्वाटरफाइनल खेल्ने तालिका रहेको थियो । विजेताले एपीएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने तालिका थियो ।
एएफसी कप समूह चरण खेल तालिका :
३ अप्रिल – विरुद्ध अबहानी लिमिटेड – एन्फा कम्प्लेक्स
१७ अप्रिल – विरुद्ध प्लेअफ विजेता – तय हुन बाँकी
१ मे – विरुद्ध मिनेर्भा पन्जाब – कालिंगा रंगशाला
१५ मे – विरुद्ध मिनेर्भा पन्जाब – एन्फा कम्प्लेक्स
१९ जुन – विरुद्ध अबहानी लिमिटेड – बंगबन्धु रंगशाला
२६ जुन – विरुद्ध प्लेअफ विजेता – एन्फा कम्प्लेक्स
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]