default_image

5 years ago

March 6, 2019

असफल मोफसल !

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै ५ वर्षको अन्तरालपछि राजधानीमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको आयोजना गर्यो । रेलिगेसन नहुने अवधारणामा गरिएको शीर्ष श्रेणीको लिगको सम्पूर्ण खेल नसकिंदै राजधानी बाहिर मोफसलका प्रतियोगिता सुरु भइसकेका थिए । कतिपय क्लबका खेलाडीले लिगको अन्तिम चरणका खेल छाडेर मोफसलका प्रतियोगितातर्फ पनि हान्निए । मोफसलमा प्रतियोगिता […]

73 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै ५ वर्षको अन्तरालपछि राजधानीमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको आयोजना गर्यो । रेलिगेसन नहुने अवधारणामा गरिएको शीर्ष श्रेणीको लिगको सम्पूर्ण खेल नसकिंदै राजधानी बाहिर मोफसलका प्रतियोगिता सुरु भइसकेका थिए । कतिपय क्लबका खेलाडीले लिगको अन्तिम चरणका खेल छाडेर मोफसलका प्रतियोगितातर्फ पनि हान्निए ।

मोफसलमा प्रतियोगिता आयोजनाको होडबाजी पछिल्लो केहि वर्ष निकै बढेको छ । एक समय शून्यको अवस्थामा पुगेको नेपाली फुटबल मोफसलको आडमा फेरी जुर्मुराएको भान भएको छ । तर फुटबलको सर्वोच्च संस्था एन्फाले प्रतियोगिताहरुलाई उचित रुपमा नियमन गर्न नसक्दा यसले अधोगतिको बाटो लिन थालेको छ । मोफसलका प्रतियोगिताहरु खेल विकासका लागि आयोजना गरिने भनिएपनि उचित रुपमा खेल आयोजना गर्न चुक्दा फुटबलको स्तरमा नै प्रश्न उठाउनुपर्ने स्थिति सिर्जना भएको छ ।

अवस्थाअनुसारको नियम

यसपटक मोफसल प्रतियोगिताको सुरुवात सुदूरपश्चिमको खप्तड गोल्डकपबाट भयो । सर्वाधिक धनराशीस्वरुप विजेता टोलीलाई २१ लाख रुपैयाँ पुरस्कार राशी राखिएको प्रतियोगिताको उद्घाटन खेल नै आधिकारिक रुपमा हुने ९० मिनेटको खेल हुन सकेन । औपचारिक उद्घाटन कार्यक्रम लम्बिदैं गएपछि ७० मिनेटको खेल खेलाएर सिधै टाइब्रेकरमा खेलको निर्णय लिइयो ।

धरानमा अँध्यारो परेपछि खेल स्थगित भएको अवस्था

धरानमा आयोजित बुढासुब्बा गोल्डकपमा त झनै लाजमर्दो स्थिति सिर्जना भयो । उद्घाटनको औपचारिकताका कारण तोकिएको समयभन्दा निकै ढिलो खेल सुरु हुँदा टाइब्रेकरमा पुगेको खेल अँध्यारोका कारण भोलिपल्ट विहान मात्र पूरा भयो । समय घटाएर खेल्ने प्रवृत्ति त छँदै छ, खेलभन्दा खेलबाहिरको कार्यक्रमलाई बढी प्राथमिकता दिने मोफसल फुटबलको समस्या अझै सुध्रिने संकेत देखिन्न ।

खेलदौरान निरन्तर दोहोरिने त्रुटिहरुले खेल मात्र नभएर प्राविधिक समितिको स्तरमाथि पनि प्रश्न उठ्ने गरेको छ । पछिल्लोपटक पोखरामा सम्पन्न आहा रारा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टारविरुद्ध खेल्ने सुचिमा नभएका खेलाडी उतार्दा विवाद भएको थियो । अझ पछिल्लो समय प्रतियोगिता नियमावली स्पष्ट नहुँदा खेलाडीको क्लबमा आवद्धताले निकै समस्या उब्जाउने गरेको छ । आयोजकहरुले डिभिजन लिग खल्ने व्यावसायिक क्लबभन्दा मोफसलका अन्य गोल्डकप आयोजकलाई निमन्त्रणा दिँदा समस्या झनै बढेको छ ।

शून्य व्यावसायिकता

प्राय सबैजसो मोफसलका प्रतियोगिताहरुमा आयोजकले आफ्नो टोलीलाई पनि सहभागी गराउने गरेको छ । सामन्यतया मोफसलको आयोजक एन्फामा दर्ता भएको टोली हुँदैनन् । जसकारण आफ्नै खेलाडी नहुने प्रष्ट नै छ । केहि आयोजकले भने आफ्नै स्थानीयस्तरका खेलाडीलाई बढावा दिने उद्देश्यले मौका दिइरहेको देखिन्छ । यद्यपी प्रतियोगितामा मोफसलकै अन्य गोल्डकपको आयोजकलाई निमन्त्रणा दिँदा फुटबलको व्यावसायिकताको भन्ने धज्जी उडिरहेको छ ।

च्यासल युवा क्लबका ५ खेलाडीसहित उत्रिएको झापा-११ फुटबल क्लब

ए डिभिजन क्लबहरुले खेलाडीहरुलाई लामो सम्झौता गरेर अनुबन्ध गरेका छन् । तर आयोजकले ती क्लबलाई मोफसलका प्रतियोगितामा निम्तो नै नदिएपछि क्लबहरुले बाध्य भएर खेलाडीलाई प्रतियोगिता पिच्छे फुकुवा गरिदिनुपर्ने बाध्यता छ । कतिपय प्रतियोगिताले त ए डिभिजन क्लबलाई निम्तो नदिने र फुकुवा नगरेको खेलाडीलाई पनि खेल्न पाइने नियम बनाउँदै आफ्नो र अन्य मोफसलका टोलीहरुलाई खेलाडी भित्र्याउन सहज नै बनाइदिएका छन् । यसले ए डिभिजन क्लबहरुको अस्तित्व एन्फाले आयोजना गरेको ‘रेलिगेसन बिनाको लिग’ मा नै सिमित पारिदिएको छ ।

मोफसलका क्लबहरुमा खेल्नु खेलाडीको बाध्यता नै बनेको छ । आफ्नो क्लबलाई प्रतियोगितामा नबोलाएपछि अन्य क्लबबाट तोकिएको रकममा खेल्नुपर्ने हुन्छ । आफ्नो मुख्य क्लबको नियमित तलब नपाउने त हुन्छ नै, भवितव्य भएको खण्डमा जिम्मेवारी लिने पनि कोहि हुँदैन । आर्थिक रुपमा केहि फाइदा हुने भएपनि दिर्घकालिन रुपमा भने यसले खेलाडीलाई नै असर गरिरहेको छ ।

‘अन्तर्राष्ट्रिय’ ट्यागको लालसा

मोफसलमा आयोजना हुने लगभग ठूला सबै प्रतियोगिताको नाममा ‘अन्तर्राष्ट्रिय’ ट्याग लगाइएको छ । तर कमै प्रतियोगिताले स्तरीय टोलीलाई मैदानमा उतार्न सफल भएका छन् । अधिकांश प्रतियोगितामा भारतको स्थानीय टोलीहरु उपस्थित हुने गरेका छन् । पछिल्लो समय त एन्फाले नै मान्यता नदिएको दाउफिन्स फुटबल क्लब नामक टोलीले ३ प्रतियोगिताको उपाधि नै जित्यो ।

पोखरामा दाउफिन्सविरुद्ध आर्मी (हरियो)

एन्फाले लगातार दाउफिन्सलाई कुनैपनि प्रतियोगितामा सहभागिता जनाउन नदिन आयोजकहरुलाई आग्रह गरेपनि सबै आयोजकले त्यसको उपेक्षा गर्दै दाउफिन्सलाई सहभागी गराउँदै आएका छन् । सुदूरपश्चिममा खप्तड गोल्डकपदेखि पूर्वको झापा गोल्डकपसम्म दाउफिन्सले ७ प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ । झापापछि इलाममा पनि दाउफिन्सको सहभागिता पक्का भइसकेको छ ।

अन्तर्राष्ट्रिय टोली भनेपनि अपेक्षित स्तरको प्रदर्शन नहुनुले दर्शकहरुलाई पनि निराश तुल्याउँदै आएको छ । नेपाली टोलीहरुले विदेशी टोलीमाथि गोलवर्षा गराएको उदाहरण पनि प्रचुर छन् । प्रायोजक भित्र्याउने हिसाबले ‘अन्तर्राष्ट्रिय’ थप्नुपर्ने बाध्यता रहेको केहिले गुनासो पनि पोखे । स्तरीय टोलीलाई निम्तो दिन बजेट अभावका कारण पनि गोल्डकपहरुको हात बाँधिएको एक आयोजकले जानकारी दिए ।

खेल तालिकाको बिडम्बना

सिमित क्लबलाई निम्तो र लगातारको प्रतियोगिताका कारण मोफसलको प्रतियोगिताहरुमा सुरुवातमै खेल तालिका प्राप्त गर्न निकै कठिन हुने गर्छ । अधिकांश प्रतियोगिताले अर्को ठाउँमा जारि प्रतियोगिताको नतिजाका आधारमा नै खेल निर्धारण गर्ने गरेका छन् । केहि अवस्थामा अघिल्लो दिन कुनै गोल्डकपको फाइनल खेलेका टोली भोलिपल्ट अर्कै प्रतियोगितामा पहिलो चरणमा भिडेको उदाहरण पनि प्रशस्त छन् ।

खेल तालिका उचित रुपमा निर्धारण नहुँदा कुनै टोलीले लगातार खेल्नुपरेको स्थिति पनि छ । यसले खेलाडीको स्वास्थ्यमा प्रत्यक्ष असर त पर्छ नै, सँगसँगै टोलीको स्तर र प्रतियोगिताको लोकप्रियतामा पनि राम्रो नजिर बस्दैन । विपक्षी टोलीबारे अध्ययन गर्ने त परे जावोस, टोलीको नाम समेत थाहा नहुँदा सहभागी जनाउने अन्य टोलीलाई अनभिज्ञता हुन्छ नै । यसले प्रतियोगिताको अन्य संस्करणमा पर्ने असरबारे आयोजकहरुले ध्यान पुर्याउनु जरुरि छ ।

एन्फाले मोफसलका प्रतियोगितालाई लिएर आगामी वर्ष कार्यविधि नै तयार पार्ने संघका प्रवक्ता किरण राईले बताए । ‘ हामीले यसपटक मोफसलका प्रतियोगिताहरुलाई नजिकबाट अध्ययन गरिरहेका छौं । हामीले मोफसल प्रतियोगिता वागीकरण र नियमन गर्न समिति नै बनाएर अगाडी बढेका छौं । मोफसल प्रतियोगिता आयोजनाका क्रममा आएका विविध समस्यालाई सुल्झाउन एन्फा तत्पर छ,’ उनले थपे, ‘ आगामी वर्ष यसका लागि छुट्टै कार्यविधि तयार पारे अगाडी बढ्ने तयारी छ । त्यसका लागि केन्द्रबाट अनुगमन कार्य निरन्तर जारि छ ।’

विगतमा पनि मोफसलको प्रतियोगिता नभएका हैनन् । तर पछिल्लो समय खेलको लोकप्रियता बढेसँगै मोफसलको नाममा आर्थिक पाटो सबल बनाउने हेतुले पनि प्रतियोगिता आयोजना हुँदै आएका छन् । उपयुक खेल मैदान र पूर्वाधार नहुनुका बाबजुद पनि प्रतियोगिता आयोजनामा स्वीकृति पाउनु, उचित नियमावली नहुँदा पनि क्लबहरुले सहभागिता जनाउनु तथा खेलाडीहरुलाई उचित सुविधा र खेलाडी विमासम्मका पक्ष नजरअन्दाज गर्नुले प्रतियोगिताप्रति क्लब र खेलाडीहरुमा वितृष्णा जाग्न सक्छ । सम्बन्धित पक्षहरुले समयमा नै ध्यान नपुर्याए मोफसलको असफलताले फुटबल विकासमा नै असर पर्नेमा दुइमत रहन्न ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.