7 years ago
March 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली सिग्नेचर मनाङ मर्स्याङदी क्लबले खेलकुद पोशाक कम्पनी केल्मीको सामाग्री प्रयोग गर्ने भएको छ ।

राजधानीमा बुधबार मनाङ मर्स्याङदी क्लबका अध्यक्ष छिमी उर्केन गुरुङ र केल्मीका लागि नेपालको अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदिप न्यौपानेले सम्झौता पत्र आदान प्रदान गरे । सम्झौताअनुसार मनाङले तीन वर्ष अवधिसम्म केल्मीको खेल सामग्री प्रयोग गर्नेछ ।
केल्मीले वार्षिक रुपमा २-२ सेट होम र अवे जर्सी, प्रशिक्षण जर्सी, पोलो टि-सर्ट, मोजा लगायत अफिसियलहरुका लागि आवश्यक टि-सर्ट उपलब्ध गराउनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीले पनि केल्मीकै खेल सामाग्री प्रयोग गर्दै आएको छ । मंगलबार एक समारोहबीच राष्ट्रिय टोलीको जर्सी सार्वजनिक गरिएको थियो । मनाङको पनि जर्सी केहि सातामा सार्वजनिक हुनेछ ।
केल्मीका प्रतिनिधि न्यौपानेले नेपाली फुटबलको विकासमा हातेमालो गर्ने कम्पनीको अवधारणालाई क्लबस्तरमा पनि सुरुवात गर्ने लक्ष्यसहित मनाङसँग सम्झौता गरेको बताए । ‘ हाम्रो लक्ष्य नेपाली फुटबलको विकास गर्नु हो । मनाङसँग सम्झौता भनेको क्लब फुटबलमा हाम्रो सुरुवात हो । आगामी दिनमा यसलाई अझै विस्तार गर्दै लाग्ने हाम्रो योजना छ,’ न्यौपानेले भने ।
मनाङले अर्को महिना सुरु हुने एएफसी कपमा केल्मीको सामग्री नै प्रयोग गर्नेछ । लिग विजेताको हैसियतले मनाङले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्दैछ । मनाङ रहेको समूहमा बंगलादेशको अबहानी लिमिटेड, भारतको मिनेर्भा पन्जाब र दक्षिण एसियाली प्लेअफको विजेताले प्रतिस्पर्धा गर्नेछन् ।
एएफसी कप समूह चरण खेल तालिका :
३ अप्रिल – विरुद्ध अबहानी लिमिटेड – एन्फा कम्प्लेक्स
१७ अप्रिल – विरुद्ध प्लेअफ विजेता – तय हुन बाँकी
१ मे – विरुद्ध मिनेर्भा पन्जाब – कालिंगा रंगशाला
१५ मे – विरुद्ध मिनेर्भा पन्जाब – एन्फा कम्प्लेक्स
१९ जुन – विरुद्ध अबहानी लिमिटेड – बंगबन्धु रंगशाला
२६ जुन – विरुद्ध प्लेअफ विजेता – एन्फा कम्प्लेक्स
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]