default_image

6 years ago

March 7, 2019

रेफ्रीको निर्णयप्रति नेयमारको आपत्ती !

92 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले म्यानचेस्टर युनाइटेडविरुद्धको अन्तिम १६ को दोस्रो लेगको हारलाई सामान्य लिन सकेनन् ।

बुधबार राती भएको खेलमा युनाइटेडसँग ३–१ ले पराजित भएसँगै पिएसजी च्याम्पियनन्स लिगबाट बाहिरिएको छ । युनाइटेडको मैदानमा भएको पहिलो लेग पिएसजीले २–० ले जितेको छ । तर, टोली घरेलु मैदानमा भने कमजोर रह्यो । ब्राजिलियन स्टारले अफिसियलको निर्णयमाथि प्रश्न उठाएका छन् ।

इन्जुरी समयको चौथो मिनेटमा प्राप्त पेनाल्टीलाई मार्कोस रासफोर्डले गोल गरेपछि युनाइटेडले पिएसजीको मैदानमा ३–१ को जित निकाल्यो । ३–३ को बराबरीपछि अवे गोलका आधारमा युनाइटेड क्वार्टरफाइनल पुग्न सफल रह्यो । युनाइटेडको जित अविश्वसनिय रह्यो ।

त्यसमाथि युनाइटेडलाई दिइएको पेनाल्टी विवादित बनेको छ । भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को साहायतामा प्राप्त पेनाल्टीलाई गोलमा परिण गर्दै युनाइटेड अघि बढेको थियो । डिओगो डालोटले प्रहार गरेको सट प्रेस्नेल किम्पेम्बेको हातमा लागेर फर्केपछि भिएआरको साहारामा पेनाल्टी दिएका थिए । नेयमारको नजरमा भने त्यो पेनाल्टी दिएन ।

उनले सामाजिक सञ्जालमार्फत रेफ्रीको निर्णयप्रति असहमति जनाएका छन् । ‘यो साच्चा निराशाजनक भयो । त्यहाँ चार जना मान्छे खटाइएको छ ,जसलाई फुटबलबाट बारेमा केहि थाहा छैन । उनीहरु पेनाल्टीका लागि भारको प्रयोग गर्छन्, उनले भनेका छन्, त्यो पेनालटी थिएन । त्यो कसरी ह्यान्ड बल भयो । जबकी पछाडिबाट बलले लागेको छ ।’ नेयमारले अपशब्दको पनि प्रयोग गरेका छन् ।

पिएसजीले आफ्ना सुपर स्टारलाई महत्वपूर्ण खेलमा पक्कै पनि मिस गर्यो । नेयमार चोटका कारण केहि समय यता मैदान बाहिर छन् । यो हारपछि टोलीका प्रशिक्षक थोमस टुचेलको भविष्यमाथि पनि प्रश्न खडा भएको छ ।

घरेलु मैदानमा झन्डै दशक यता एक क्षत्र राज गर्दै आएको पिएसजीले युरोपियन च्याम्पियनसिपमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित टोलीले गत सिजन नेयमारसँगै फ्रान्सेली स्टार केलियन बाप्पेलाई भित्राएको थियो ।

February 12, 2025

पिएसजीको सहज जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल‌ भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

Success

Thank you for your time.