7 years ago
March 7, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – दाउफिन्स फुटबल क्लब मगमग झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार डोमालाल रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा लाली रुपन्देही-११ लाई २-० ले पराजित गर्दै दाउफिन्सले अन्तिम चारमा स्थान पक्का गरेको हो । दाउफिन्सले अब फाइनल प्रवेशका निम्ति त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

दाउफिन्सले खेलको दुवै हाफमा १-१ गोल गरेको थियो । दाउफिन्सले खेलको ३८ औं मिनेटमा अग्रता लिएको थियो । रुपन्देहीका पेपी अडामाले दाउफिन्सका मिसोउली इटिग्नेलाई डि बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीमा दाउफिन्सका पेटेङगाले गोल गरेका थिए । खेलको ८७ औं मिनेटमा मैदानको मध्यभागबाट मिसोउली इटिग्नेले गरेको प्रहारले जाली चुमेसँगै दाउफिन्सले अग्रता दोब्बर बनायो । रुपन्देहीका गोलरक्षक अगाडी बढेको समयमा मैदानको मध्यभागबाट इटिग्नेले पोष्टमा प्रहार गरेका थिए ।
खेलको अधिकांश समय रुपन्देहीले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि पोष्टमा गरेको प्रहार फितलो हुँदा गोल गर्ने अवसरबाट बञ्चित भयो । खेलको २३ औं मिनेटमा रुपन्देहीका लागि विदेशी खेलाडी मन्सा विअभोगीले डि एरियामा मिलाई दिएको पासलाई निरबहादुर बलले कडा प्रहार गरे पनि दाउफिन्सका गोलरक्षक प्रिसो जाङगाले उत्कृष्ठ बचाउ गरेका थिए ।
३२ औं मिनेटमा दाउफिन्सका टिना टिनाले खाली पोष्टमा गोल गर्न सकेनन् । ७७ औं मिनेटमा टिना टिनाले वान भर्सेस वान गोल गर्न सकेनन । खेलको म्यान अफ द म्याच विजेता टीम दाउफिन्सका मिसोउली इटिग्ने घोषित भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । शुक्रबारको पहिलो सेमीफाइनल खेलमा आयोजक मगमग झापा ११ र रुस्लान थ्रि स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]