default_image

7 years ago

March 7, 2019

पीएसजीमा नेयमार र एमबाप्पेको निराशा, रियल म्याड्रिडलाई आशा

162 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार भएको च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको चरणको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै बाहिरियो । यससँगै पीएसजीको युरोपेली प्रतियोगितामा दावेदारी प्रस्तुत गर्ने सपना चकनाचुर भयो ।

किलियन एमबाप्पे र नेयमारले पछिल्लो समय पीएसजीलाई युरोपको ठूलो टोलीका रुपमा स्थापित गर्न च्याम्पियन्स लिगमा राम्रो नतिजा ल्याउने बताएका थिए । तर लगातार अर्को सिजन पीएसजी अप्रत्याशित हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । यसले स्टार खेलाडीले पीएसजी छाड्ने सम्भावना पनि बलियो भएको छ ।

रियल म्याड्रिडले पछिल्लो समय नेयमार र एमबाप्पेलाई आफ्नो मुख्य खेलाडीको रुपमा पहिचान गरेको छ । अघिल्लो सिजन नेयमारलाई खरिद गर्न औपचारिक प्रस्ताव राखेको म्याड्रिडले दुई सिजन अगाडी मोनाकोलाई एमबाप्पेको लागि विश्व कीर्तिमान रकम प्रस्ताव गरेको थियो । दुवै प्रस्ताव असफल हुँदा रियलले नयाँ स्तरीय खेलाडी भित्र्याउन सकेन । जसकारण क्लबले पछिल्लो समय निकै खराब प्रदर्शन गरिरहेको छ ।

पीएसजीले नेयमार र एमबाप्पेलाई क्लबमा भित्र्याउन ४ सय मिलियन युरो खर्चेपनि क्लबलाई च्याम्पियन्स लिगको अन्तिम १६ चरण पार गराउन सकेको छैन । पीएसजीले पनि यसकारण टोलीलाई नयाँ पथमा लाग्ने प्रयास सुरु गर्ने सम्भावना रहेको छ । नेयमारले पनि पछिल्लो समय रियल म्याड्रिडको प्रशंसा गर्दै आएका छन् । उनले पेरिसमा आफू खुसी भएपनि भविष्यको बारेमा अहिले केहि बोल्न नसक्ने बताएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.