default_image

7 years ago

March 8, 2019

मेस्सी अर्जेन्टिनी टोलीमा फर्किए

208 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । मेस्सी ९ महिनापछि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

मेस्सी गत जुन-जुलाईमा रसियमा भएको विश्वकपपछि राष्ट्रिय टिममा अनुपस्थित रहँदै आएका थिए । रसिया विश्वकपमा जर्ज साम्पोलीको प्रशिक्षणमा अर्जेन्टिनाले मुस्किलले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको थियो । प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग पराजित भएको थियो । त्यसपछि मेस्सीले राष्ट्रिय टिमबाट खेल्न छाडेका थिए ।

नयाँ प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान मेस्सीलाई भेनेजुएला र मोरोक्कोविरुद्धको खेलका लागि टिममा बोलाउन सफल भएका हुन् । अर्जेन्टिनाले २२ मार्चमा स्पेनमा भेनेजुएलासँग खेल्दैछ । त्यसको चार दिनपछि मोरोक्कोसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।

लियोनेल स्कालोनीको टिममा मेस्सी समावेश हुँदा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो, लोनमा चेल्सीबाट खेलिरहेका गोन्जलो हिगुआइन र इन्टर मिलानका फरवार्ड मौरो इकार्डीले टिममा स्थान बनाउन सकेनन् । प्रशिक्षक स्कालोनीले लौउटारो मार्टिनेज, जियोभानी सिमिओनी र डारियो बेनेडेटोलाई टिममा समावेश गरेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.