default_image

7 years ago

March 8, 2019

नेपोली विजयी, आर्सनलको लज्जास्पद हार

145 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा इटालियन क्लब नेपोलीले सहज जित निकाल्दा इंग्लिस क्लब आर्सनलले लज्जास्पद हार बेहोरेको छ ।

युरोपा लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा नेपोलीले अष्ट्रियाको साल्जवर्गलाई ३–० ले पराजित गरेको हो । नेपोलीको सहज जितमा अर्कडिउज र फावियनले गोल गरे । एक गोल उपहार पाएको थियो ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा १०औं मिनेटमा अर्कडिउजको गोलबाट नेपोलीले खेलमा अग्रता बनाएको थियो । उनले ड्रिइज मेर्टिन्सको पासमा अफसाइड बिट समात्दै गोल गरेका थिए ।

१८औं मिनेटमा फावियनले जोसे मारिया कालेजोनका पासमा गोल गर्दै अग्रता दोब्बर बनायो । ५८औं मिनेटमा जेरोमीले आत्मघाती गोल गरेपछि नेपोली ३–० ले अघि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली ३–० ले विजयी हुन सफल भयो । दोस्रो लेग साल्जवर्गको मैदानमा १४ मार्चमा हुनेछ ।

युरोपा लिगकै अर्काे खेलमा १० खेलाडीमा समेटिएको इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब रेनिससँग ३–१ को लज्जास्पद हार भोगेको छ । रेनिसको मैदानमा आर्सनलले खेलको चौथो मिनेटमा एलेक्स इओवीको गोलबाट अग्रता बनाएको थियो ।

४१औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिन पुग्यो । सोक्रेट्स दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल समस्यामा परेको थियो । ४२औं मिनेटमा बेन्जामिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६५औं मिनेटमा नाचो मोनरियलले आत्मघाती गोल गरेपछि घरेलु टोलीले खेलमा २–१ को अग्रता बनायो । ८८औं मिनेटमा इस्मैला सारले गोल गर्दै रेनिसलाई ३–१ को जित दिलाए । दोस्रो लेग आर्सनलको मैदानमा १५ मार्चमा हुनेछ ।

युरोपा लिगको अन्य खेलको नतिजा
डायनामो जाग्रिव विरुद्ध बेन्फिका (–०)
फ्रान्फर्ट विरुद्ध इन्टर मिलन (०–०)
सेभिया विरुद्ध स्लाभिया प्राग (२–२)
जेनिथ सेन्ट पिटर्सवर्ग विरुद्ध भिल्ला रियल (१–)
चेल्सी विरुद्ध डायनामो (३–०)
भ्यालेन्सिया विरुद्ध एफसी क्रान्सोडर (–१)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.