7 years ago
March 8, 2019
एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा आर्सनल फ्रान्सेली क्लब रेन्नेससँग ३-१ ले पराजित भएको छ ।

रेन्नेसको घरेलु मैदानमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । चौथो मिनेटमा एलेक्स इअोबीले गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए । तर पहिलो हाफको चार मिनेट बाँकी रहँदा आर्सनल १० खेलाडीमा सिमित भयो । सोक्राटिस पापास्थापोपोउलस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएलगत्तै रेन्नेसले बराबरी गोल फर्कायो । बैरिगाउडले खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा रेन्नेसले अग्रता लियो । ६५ अौं मिनेटमा नाचो मोनरियालले आत्मघाती गोल गरेपछि घरेलु टोली अगाडी बढेको थियो । खेलको दुई मिनेट समय बाँकी रहँदा रेन्नेसले अग्रता दोब्बर पार्यो । जेम्स सिल्किको पासमा इस्माइला सारले गोल गर्दै रेन्नेसको जित पक्का गरे ।
दोस्रो लेगको खेल अर्को बिहीबार आर्सनलको घरेलु मैदान एमिरेट्स रंगशालामा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]