7 years ago
March 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला फुटबल दिवसको उपलक्ष्यमा नेपाली महिला फुटबलका दुई व्यक्तित्वलाई सम्मान गरेको छ ।

नेपाली महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान जमुना गुरुङ र फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठ शुक्रबार सम्मानित भएका हुन् । सन् १९९९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी जमुनाले झन्डै डेढ दशक राष्ट्रिय टोलीबाट खेलेकी थिइन् । उनले राष्ट्रिय टोलीबाट २४ खेल खेल्दै ३५ गोल गरेकी थिइन् । चोटका कारण खेलबाट बाहिरिएकी जमुना हाल यू-१९ राष्ट्रिय महिला टोलीको व्यवस्थापन सम्हालिरहेकी छिन् ।

यस्तै फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठ पनि सम्मानित भइन् । उनी अोलम्पिक छनोट खेलाउने पहिलो रेफ्री बनेपछि एन्फाले उनलाई सम्मानित गरेको हो । उनले गत नोभेम्बरमा भएको अोलम्पिक छनोटको पहिलो चरणको खेलमा जिम्मेवारी निर्वाह गरेकी थिईन् । दुवै व्यक्तित्वलाई अखिल नेपाल महिला फुटबल संघले पनि सम्मान गरेको हो ।
एन्फाले हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा मनाइने एएफसी महिला फुटबल दिवस विविध कार्यक्रमबीच मनाउने गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]