default_image

7 years ago

March 8, 2019

रुस्लान थ्री स्टारलाई हराउँदै झापा-११ फाइनलमा

136 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक मगमग झापा-११ फुटबल क्लब मगमग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेट समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा झापा ३-१ ले विजयी रहयो ।

टाइब्रेकरमा थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले झापाको सुरुवाती दुई प्रहार बचाएपनि त्यो जित दिलाउन पर्याप्त रहेन । उनले कर्ण लिम्बु र हेमन गुरुङको प्रहार विफल पारेका थिए । थ्री स्टारका लागि रञ्‍जित धिमालले पहिलो प्रहार गोल गरेपनि बुद्ध चेम्जोङको दोस्रो प्रहार गोलरक्षक दिनेश थापामगरले बचाए ।

त्यसपछि झापाका लागि पुजन उपरकोटी, देवेन्द्र तामाङ र दिनेश थापामगरले लगातार गोल गरे । थ्री स्टारका रुपेश केसीको प्रहार आकसिंदा मिक्छेन तामाङको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । झापाको गोलरक्षक दिनेश थापामगर खेलको म्यान अफ द म्याच बन्दै १५ हजार रुपैयाँ हात पारे ।

झापाले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ । शनिबार हुने दोस्रो सेमिफाइनलमा दाउफिन्स फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.