7 years ago
March 12, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानलाई ३-० ले पराजित गरेको छ ।

नेपालका लागि मन्जली कुमारी योन्जनले १३ अौं मिनेटमा अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको चार मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् ।
दोस्रो हाफको ५५ अौं मिनेटमा कप्तान निरु थापाको गोलसँगै नेपाल ३-० ले अगाडी बढ्यो । त्यसपछिको समय पनि नेपालले लगातार दवाव बनाएपनि गोल गर्ने अवसरको सदुपयोग गर्न सकेन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]