7 years ago
March 13, 2019
विराटनगर (हाम्रो खेलकुद) – भारतीय महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको छ ।

सातौं मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १२ अौं मिनेटमा सन्ध्या रंगनाथानले पेनाल्टी क्षेत्रभित्र बलमा उत्कृष्ट नियन्त्रण गर्दै प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २२ अौं मिनेटमा इन्दुमति कासिरेतानले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अमिनाथ लिजाको हातमा लाग्दै गोलमा परिणत भयो ।
२७ अौं मिनेटमा सन्जु यादवले ६ यार्ड बक्स नजिकबाट गोल गर्दै ४-० ले अगाडी बढाइन् । पहिलो हाफको इन्जुरी समयमा रतनबाला देवीले फ्रिकिकमा सिधै गोल गर्दै पाँच गोलको अग्रता दिलाइन् ।
दोस्रो हाफमा भारतले अाक्रमणलाई निरन्तरता दिएपनि गोल थप्न निकै कसरत गर्नुपर्यो । ८९ अौं मिनेटमा सन्जुले झन्डै २५ यार्ड टाढाबाट गोल गर्दै ६-० को जित पक्का गरिन्।
साविक विजेता भारतको समूहमा श्रीलंका र माल्दिभ्स रहेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]