7 years ago
March 14, 2019
एजेन्सी – फरवार्ड साडियो मानेले दुई गोल गरेपछि इंग्लिस क्लब लिभरपुलले बायर्न म्युनिखलाई ३-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि बायर्नको मैदानमा भएको दोस्रो लेगमा लिभरपुल विजयी भएको हो ।

खेलको ३६ औं मिनेटमा भर्जिल भान डाईकको पासलाई सदुपयोग गर्दै मानेले सुरुवाती गर्त दिलाएका थिए । उनले बायर्नका गोलरक्षक म्यानुएल नोएर पोजिसनबाहिर रहेको फाइदा उठाउँदै गोल गरे । ३९ औं मिनेटमा लिभरपुलका जोएल माटीपले आत्मघाती गोल गरेपछि बयार्ण खेलमा फर्कने लक्षण देखिएको थियो । तर दोस्रो हाफमा लिभरपुलले दुई गोल थप्दै क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।
६९ औं मिनेटमा जेम्स मिल्नरको कर्नरलाई भान डाईकले गोलको दिशा दिँदै लिभरपुललाई पुन: अग्रता दिलाए । मानेले खेल सकिन ६ मिनेट बाँकी रहँदा पुन: गोल गरेपछि लिभरपुलको जित पक्का भएको थियो । लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले खेलको इन्ज्युरी समयमा पहेंलो कार्ड पाएपछि उनले अर्को चरणको पहिलो लेग गुमाउने भएका छन् ।
लिभरपुलको जितसँगै क्वाटरफाइनलमा इंग्ल्यान्डका ४ टोली पुगेका छन् । सन् २००९ यता यस्तो अवसर पहिलोपटक जुरेको हो । लिभरपुलसँगै बार्सिलोना, म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाइटेड, टोटेनहम हट्सपर, युभेन्टस, आयाक्स र पोर्टोले अन्तिम ८ को यात्रा तय गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]