default_image

7 years ago

March 14, 2019

भुटानमाथि बंगलादेशको संघर्षपूर्ण जित

193 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेको छ ।

शहिद रंगशालामा बिहीबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बंगलादेश दवावमा देखिएको थियो । तर दोस्रो हाफको ४७ अौं मिनेटमा मिश्रत जाहान मोसुमीले अग्रता दिलाइन् । खेल सकिन ५ मिनेट‌ बाँकी रहँदा कप्तान सविना खातुनले एकल प्रयासमा सुन्दर गोल गर्दै बंगलादेशको जित सुनिश्चित पारिन् ।

यस जितसँगै बंगलादेशले पनि जितको खाता खोलेको छ । नेपाल र बंगलादेश दुवैको समान ३-३ अंक भएपनि नेपाल गोलअन्तरमा अगाडी छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो ।

दुवै नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । शनिबार हुने खेलले समूह ए को विजेताको छिनोफानो गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.