default_image

7 years ago

March 15, 2019

माल्दिभ्सलाई हराउँदै श्रीलंका सेमीफाइनलमा

173 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । शहिद रंगशालामा चलानी कुमारी एकानाएकेले दुवै हाफमा १-१ गोल गरेपछि श्रीलंका २-० ले विजयी भयो ।

पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा श्रीलंकाले अग्रता लिएको थियो । कप्तान एरान्दी लियानागेको फ्रिकिकमा चलानी कुमारीले गोल गर्दै खेलमा श्रीलंकालाई अगाडी बढाएकी थिइन् । दोस्रो हाफको ५० औं मिनेटमा अचाला संजीवनीको पासमा चलानीकुमारीले उत्कृष्ट फिनिस गर्दै श्रीलंकाको अग्रता दोब्बर पारिन् । थप समयमा गोल हुन नसक्दा श्रीलंका विजयी रहयो ।

श्रीलंकाको जितसँगै भारत पनि समूह ‘बी’ बाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्स भने समूह चरणबाट नै बाहिरिएको छ । समूह विजेताको छनोट हुन आइतबार भारत र श्रीलंका खेल्नेछन् । यसअघि समूहको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.