7 years ago
March 17, 2019
एजेन्सी – प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षकका रुपमा पुनरागमन गरेपछि पहिलो खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियलले मिडफिल्डर इस्कोको गोलमा अग्रता लिएको थियो । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ अौं मिनेटमा खाता खोलेका थिए । उनले करीम बेन्जेमाको क्रसलाई सदुपयोग गरेका थिए ।
खेल सकिन १३ मिनेट समय बाँकी रहँदा ग्यारेथ बेलले म्याड्रिडको जित पक्का गरे । उनको शक्तिशाली प्रहार पोस्टमा लाग्दै गोल हुन पुगेको थियो । यस जितसँगै रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडमाथि दवाव सिर्जना गरेको छ ।
रियलको २८ खेलमा ५४ अंक छ । एट्लेटिकोको समान खेलमा ५६ अंक रहेको छ । शीर्षस्थानको बार्सिलोनाले २७ खेलमा ६३ अंक जोडेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]