7 years ago
March 17, 2019
विराटनगर (हाम्राे खेलकुद) – पाचाैं महिला साफ च्याम्पियनसिप फुटबलमम उपाधिकाे दावेदार भारतले समूह चरणकाे अन्तिम खेलमा श्रीलङ्कामाथि पहिलाे हाफमा ४-० काे अग्रता बनाएकाे छ ।

विराटनगरस्थित शहिद रंगशालामा भारतले ग्रेस दाङमेई, सन्ध्या रंगनाथन र इन्दुमति खाथिरीसानकाे गाेलबाट अग्रता बनाएकाे हाे । खेलकाे तेस्राे मिनेटमै भारतकी सन्ध्याकाे बक्सबाहिरकाे प्रहार क्रसबारमा लागेर फर्किएकाे बललाई अनमार्क रहेकी ग्रेसले सहजै गाेल गरिन् ।
साताैं मिनेटमा सन्जु यादवकाे पासमा सन्ध्या रंगनाथनले गाेल गर्दै अग्रता दाेब्बर पारिन्। ३६अाैं मिनेटमा इन्दुमतिले गाेल गर्दै भारतलाई पहिलाे हाफमा ३-० काे अग्रता दिलाईन् । ४५अाैं मिनेटमा संगिता वासफाेरेले पेनाल्टीमा गाेल गर्दै अग्रता फराकिलो पारिन् ।
दाेस्राे हाफ केहीबेरमा सुरु हुनेछ । अाजकाे खेलकाे विजेता समूह बी को विजेता बन्नेछ । अाजकाे विजेताले बुधबार ३ बजे बंगलादेशकाे सामना गर्नेछ । यस्तै उपविजेताले बुधबारै ११ बजे नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]