default_image

7 years ago

March 17, 2019

समूह विजेता बन्दै भारत सेमिफाइनलमा

172 views

0 Bookmark

विराटनगर (हाम्राे खेलकुद) – पाँचाै महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत साविक विजेता भारत अन्तिम खेलमा श्रीलंकामाथि ५-० को जित दर्ता गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहिद रंगशालामा भारतले पहिलो हाफमा नै ४ गोल गरेको थियो । खेलकाे तेस्राे मिनेटमै भारतकी सन्ध्याकाे बक्सबाहिरकाे प्रहार क्रसबारमा लागेर फर्किएकाे बललाई अनमार्क रहेकी ग्रेसले सहजै गाेल गरिन् ।

साताैं मिनेटमा सन्जु यादवकाे पासमा सन्ध्या रंगनाथनले गाेल गर्दै अग्रता दाेब्बर पारिन् । ३६अाैं मिनेटमा इन्दुमतिले गाेल गर्दै भारतलाई पहिलाे हाफमा ३-० काे अग्रता दिलाईन् । ४५अाैं मिनेटमा संगिता वासफाेरेले पेनाल्टीमा गाेल गरेपछि भारत पहिलो हाफमा ४-० ले अगाडी बढ्यो ।

दोस्रो हाफमा ४७ अाैं मिनेटमा रतनबाला देवीले ग्रेसकाे पासमा बक्सभित्रबाट गरेकाे प्रहार सिधै गाेल भएको थियो । त्यसपछि भारतले उल्लेख मुभ बनाउन नसक्दा थप गोल हुन सकेन ।

समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको भारतले फाइनल प्रवेश रका लागि बंगलादेशको सामना गर्नेछ । श्रीलंकाले अायोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ । दुवै सेमिफाइनल खेल बुधबार हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.