विराटनगर (हाम्रो खेलकुद) – पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंका भारतसँग पराजित भएपछि सेमिफाइनलमा नेपालको सामना गर्ने भएको हो ।

यसअघि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ३-० र दोस्रोमा बंगलादेशलाई ३-० ले नै पराजित गरेको थियो । बंगलादेशले पहिलो खेलमा भुटानलाई २-० ले पराजित गरेपछि समूह उपविजेता बन्न सफल रह्यो ।
समूह बी मा भारत शीर्षस्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले हराएको भारतले आइतबार श्रीलंकालाई ५-० ले पराजित गरेपछि शीर्षस्थान पक्का गरेको हो । त्यसअघि माल्दिभ्सलाई २-० ले पराजित गरेपछि श्रीलंका सेमिफाइनल पुगेको थियो ।
बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका विहान ११ बजे खेल्नेछन् । दोस्रो सेमिफाइनल ३ बजे भारत र बंगलादेशबीच हुनेछ ।