7 years ago
March 19, 2019
विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार श्रीलंकाको सामना गर्दैछ । खेल विहान ११ बजे शहिद रंगशालामा हुनेछ ।

खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका प्रशिक्षक हरि खड्काले सेमिफाइनलको लागि टोली पूर्ण रुपमा तयार रहेको बताए । ‘हामी प्रतियोगिताको सेमिफाइनल खेल्दैछौं । टोली शारीरिक र मानसिक रुपमा तयार छ । श्रीलंकाभन्दा हामी बलियो नै छौं तर प्रशिक्षणमा तयार गरेको रणनीतिलाई प्रयोग गर्दै फाइनल यात्रा तय गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।
प्रशिक्षक खड्काले नेपाल बलियो भएपनि श्रीलंकालाई सहज रुपमा भने नलिएको बताए । ‘श्रीलंकाभन्दा हामी राम्रो टोली हौं । भारतले ५ गोल खाएको छ तर हामीले आफूलाई उपाधि दावेदारको रुपमा प्रस्तुत गरिरहँदा श्रीलंकाले केहि रक्षात्मक रणनीति अपनाउने अपेक्षा गरेको छु । त्यसको लागि पनि हामी तयार नै छौं,’ उनले भने, ‘ टोलीमा केहि परिवर्तन हुने वा नहुने अहिले भन्न सक्ने अवस्था छैन ।’
प्रशिक्षक खड्काले फाइनल पुग्दा राम्रो प्रदर्शन गर्दै कुनै गोल नखाने लक्ष्य राखेको बताए । ‘ स्कोर यति गर्ने तोक्नु भन्दापनि कुनै गोल नखाने हाम्रो लक्ष्य छ । राम्रो फुटबल खेल्ने र जित हासिल गर्दै फाइनलमा स्थान पक्का गर्ने सोच रहेको छ,’ उनले थपे, ‘ फाइनल पुग्नेभन्दा सेमिफाइनलमा नै ध्यान दिएका छौं । फुटबल हो, कहिलेकहीं नतिजा उल्टिन पनि सक्छ । हामीले होसियार भएर, आफ्नो रणनीति अनुसार खेल्नेछौं । शारीरिक रुपमा श्रीलंका बलियो रहेकाले हामीले एकल प्रयासभन्दा टोलीको योजनाअनुसार खेल्नेछौं ।’
नेपाल र श्रीलंकाली हालसम्म ५ पटक एकआपसमा खेलेका छन् । सबै खेलमा नेपालले नै जित दर्ता गरको छ । पछिल्लोपटक नेपाल र श्रीलंकाको भेट भारतको सिलिगुडीमा भएको चौथो साफ च्याम्पियनसिपको समूह चरणको खेलमा भएको थियो जसमा नेपाल १-० ले विजयी रहेको थियो ।
यो पनि : ‘श्रीलंकालाई कमजोर आँकेका छैनौं’
प्रशिक्षणको भिडियो :
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]