default_image

5 years ago

March 19, 2019

बाध्यता नै अवसर

सुबास हुमागाईं, काठमाडौं नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलका लागि अधिकांश नयाँ अनुहार समेटिएका छन् । मैत्रीपूर्ण खेलका प्रशिक्षक योहान कालीनले सिधै २३ खेलाडीको अन्तिम टोली छनोट गरेका थिए । इन्डोनेसियाबाट रोहित चन्द पनि आएपछि २४ खेलाडी सम्मिलित राष्ट्रिय टोली कुवेत प्रस्थान गरेको छ । नेपालको राष्ट्रिय टोली र यू-२३ टोलीको खेल एकै […]

48 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलका लागि अधिकांश नयाँ अनुहार समेटिएका छन् । मैत्रीपूर्ण खेलका प्रशिक्षक योहान कालीनले सिधै २३ खेलाडीको अन्तिम टोली छनोट गरेका थिए । इन्डोनेसियाबाट रोहित चन्द पनि आएपछि २४ खेलाडी सम्मिलित राष्ट्रिय टोली कुवेत प्रस्थान गरेको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालीन

नेपालको राष्ट्रिय टोली र यू-२३ टोलीको खेल एकै समय भएपछि राष्ट्रिय टोलीमा रहँदै आएका केहि युवा खेलाडी यू-२३ टोलीमा व्यस्त छन् । प्रशिक्षक कालीनले यसकारण युवा खेलाडीलाई बाहिर राख्दै टोलीको घोषणा गरेका छन् । विमल घर्ति मगर, अनन्त तामाङ, अन्जन विष्ट, सुनील बल, दिनेश राजवंशी, तेज तामाङलगायत खेलाडीले यसअघि राष्ट्रिय टोलीको पहिलो रोजाइमा नै खेल्दै आएका छन् । कालीनसमक्ष अब नयाँ खेलाडीलाई उनीहरुको स्थानमा प्रयोग गर्नुपर्ने बाध्यता छ ।

अहिलेको राष्ट्रिय टोलीमा ९ जना खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी रहेको छ । तीमध्य पनि ७ जना पहिलो पटक राष्ट्रिय टोलीमा पहिलो पटक परेका हुन् । डिफेन्डर अजित भण्डारी र गोलरक्षक विशाल श्रेष्ठ यसअघि नै राष्ट्रिय टोलीमा परेपनि डेब्यु गर्ने अवसर भने पाएका छैनन् । यसबाहेक डिफेन्डरहरु सुरज विक, रवी सिलवाल, सरोज दाहाल, मिडफिल्डरद्वय सन्तोष तामाङ र रवी पासवान तथा फरवार्डद्वय विमल राना र आशिष लामा पहिलो पटक टोलीमा परेका हुन् ।

प्रशिक्षक कालीनले आफूले मोफसलका दुई प्रतियोगितामा गरेको प्रदर्शनलाई हेरेर नयाँ खेलाडीलाई टोलीमा समेटेको बताए । मोफसलका प्रतियोगिताको स्तर उल्लेख्य नभएपनि खेलाडीलाई प्रशिक्षणमा हेरेपछि छनोटलाई लिएर उनी खुसी छन् । ‘पुरै टोली सँगै रहेर प्रशिक्षण गर्ने समय हामीले पाएनौं । हामीले पाएको समयको भरपुर उपयोग गरेका छौं । खेलाडीहरु एकअर्कासँग खेल्न सहज मान्न थालेका छन्,’ उनले भने ।

राष्ट्रिय टोलीमा डेब्यु गर्न बाँकी खेलाडी (माथिदेखि क्रमश:) विशाल श्रेष्ठ, सुरज विक, अजित भण्डारी, सरोज दाहाल, रवी सिलवाल, सन्तोष तामाङ, रवी पासवान, विमल राना र आशिष लामा

यसअघि दुई मैत्रीपूर्ण खेल खेल्ने भनिएपनि मलेसियाविरुद्ध खेल रद्द हुन पुगेको थियो । यसले आफ्नो योजनामा भने असर नपर्ने कालीन बताउँछन् । ‘ एक खेल मात्र नहुँदा हामीलाई फरक पर्दैन । हामी दिर्घकालिन योजना लिएर अगाडी बढेका छौं । यस्तो खेल पाउनु राम्रो हो । हामीले टोलीको स्तर नाप्ने अवसर पाएका छौं,’ उनले भने, ‘ अहिलेको लक्ष्य भनेको सकेसम्म धेरै खेलाडीको खेल हेर्न पाउनु हो । खेलाडीको स्तरबारे अहिले नै भन्न सक्ने अवस्था छैन । केहि राम्रा खेलाडी पाएको महसुस भएको छ । यस खेलपछि केहि निर्णय लिन सक्नेछौं ।’

यसअघि राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडी यू-२३ टोलीमा व्यस्त छन् । त्यसैकारण पनि राष्ट्रिय टोलीमा धेरै नयाँ खेलाडी छन् । प्रशिक्षक कालीनले यसलाई नयाँ खेलाडीको परिक्षण गर्ने अवसरको रुपमा लिएका छन् । ‘ मैले अहिलेसम्म यू-२३ खेलाडीलाई हेर्न पाएको छैन । तर अहिलेको खेलाडीको प्रदर्शन हेरे पछि युवा टोलीका खेलाडी पनि सँगै हुँदा मलाई सहज हुन्छ । अहिलेको टोलीमा नयाँ प्रतिभा पनि छन् । यो अवसर सदुपयोग गर्ने उनीहरुलाई सहज हुनेछ । यसले भविष्यमा पनि टोलीमा पर्न प्रतिस्पर्धा बलियो हुने अपेक्षा गरेको छु,’ कालीनले भने ।

प्रशिक्षक कालीनले नेपालले पछिल्लो समय खेल्दै आएको ४-४-२ को रणनीतिमा केहि परिवर्तन गर्दै ४-४-१-१ मा टोलीलाई उतार्ने रणनीति बुनेका छन् । यस्तो अवस्थामा पहिलो रोजाइमा कम्तिमा एक खेलाडीले डेब्यु पाउने सम्भावना प्रबल छ । गोलरक्षकमा किरण चेम्जोङ नियमित नै रहनेछन् भने डिफेन्समा एक स्थान खालि रहने देखिन्छ । अनन्त तामाङ यू-२३ टोलीमा रहनु र आदित्य चौधरी घाइते हुनुले देवेन्द्र तामाङसँग सेन्टर डिफेन्समा अजित भण्डारीले मौका पाउन सक्छन् । यसबाहेक सुरज विक र रवी सिलवाल पनि मौकाको प्रतिक्षामा हुनेछन् ।

टंक बस्नेत, रवी सिलवाल र विमल राना

सुमन अर्याल र दिनेश राजवंशीको अनुपस्थितिमा नियमित कप्तान विराज महर्जन र रञ्‍जित धिमालले साइड डिफेन्स हेर्नेछन् । यद्यपी सरोज दाहालले पछिल्लो समय गरेको प्रदर्शनले उनको पनि सम्भावना बढाएको छ ।

मिडफिल्डको मध्यभागमा प्रतिस्पर्धा निकै तीव्र छ । विक्रम लामा चोटबाट फर्किएका छन् भने रोहित छन् पनि उपलब्ध छन् । विशाल राई र हेमन गुरुङ पनि यसै स्थानको लागि प्रतिस्पर्धामा छन् । डेब्यु गर्न बाँकी रहेका सन्तोष तामाङले वैकल्पिकको रुपमा स्थान बनाउन पनि मिहिनेत गर्नुपर्ने देखिन्छ ।

विङ्समा सुजल श्रेष्ठ र सुमन लामा राष्ट्रिय टोलीमा अनुभव बोकेका खेलाडी हुन् । टंक बस्नेत लामो समयपछि टोलीमा फर्केर आफ्नो स्थान सिद्ध पार्न चाहन्छन् भने रवी पासवान घरेलु प्रतियोगिताको लयलाई अन्तर्राष्ट्रिय जर्सीमा प्रस्तुत गर्ने अवसरको प्रतीक्षामा हुनेछन् ।

फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठ आक्रमणका लागि निर्विकल्प पहिलो रोजाइमा छन् । तर प्रशिक्षक कालीनलाई रन्जन विष्टले फरवार्डपछि निभाउने भूमिकाले आकर्षित गर्न सक्छ । विमल राना र आशिष लामाको कडा मिहिनेत अहिले नै सफल हुने देखिएको छैन । यसका लागि यो अवसरमा अमित छाप बसाउने प्रयास यी दुई नवप्रवेशी खेलाडीको हुनेछ ।

कुवेत भ्रमणका लागि नेपाली टोली

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, देवेन्द्र तामाङ, अजित भण्डारी, रञ्‍जित धिमाल, सुरज विक, रवी सिलवाल, सरोज दाहाल
मिडफिल्डर : रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, सुमन लामा, रवी पासवान, टंक बस्नेत
फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, रन्जन विष्ट र विमल राना

खेल मार्च २२ मा नेपाली समयअनुसार रातको ९:१५ बजे । स्थान – अल शबाब स्पोटर्स रंगशाला

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.