default_image

5 years ago

March 22, 2019

सावित्रा र इन्दुमति सर्वाधिक गोलकर्ता, डालीमा सर्वोत्कृष्ट

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी र भारतकी इन्दुमति कासिरेथान पाँचौ महिला साफ च्याम्पियनसिपको संयुक्त सर्वाधिक गोलकर्ता भएका छन् । दुवै खेलाडीले प्रतियोगितामा ४-४ गोल गरे । भारतकै डालीमा छिब्बर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले फाइनलमा भारतलाई अग्रता दिलाउने क्रममा फ्रिकिकमा सिधै गोल गरेकी थिइन् । डालीमाले प्रतियोगिता […]

36 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी र भारतकी इन्दुमति कासिरेथान पाँचौ महिला साफ च्याम्पियनसिपको संयुक्त सर्वाधिक गोलकर्ता भएका छन् । दुवै खेलाडीले प्रतियोगितामा ४-४ गोल गरे ।

सावित्रा भण्डारी र इन्दुमति कासिरेथान

भारतकै डालीमा छिब्बर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले फाइनलमा भारतलाई अग्रता दिलाउने क्रममा फ्रिकिकमा सिधै गोल गरेकी थिइन् । डालीमाले प्रतियोगिता अवधिभर नै उत्कृष्ट प्रदर्शन गरिन् ।

सर्वाधिक गोलकर्ता चुनिएकी सावित्राले प्रतियोगिताको सबै खेलमा १-१ गोल गरेकी हुन् । उनले भुटान, बंगलादेश, श्रीलंका र भारतविरुद्ध गोल गर्न सफल भइन् । इन्दुमतिले समूह चरणमा माल्दिभ्स र श्रीलंकाविरुद्ध १-१ तथा सेमिफाइनलमा बंगलादेशविरुद्ध २ गोल गरेकी थिइन् । फाइनलमा भने उनले गोल गर्न सकिनन् ।

प्रतियोगिताको फेयर प्ले अवार्ड बंगलादेशले प्राप्त गर्यो ।

डालीमा छिब्बर

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.