default_image

5 years ago

March 22, 2019

एएफसी यू–२३ च्याम्पियनसिपको छनोटः ओमानसँग नेपालको झिनो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी यू–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा हार बेहोरेको छ । नेपालले ओमानसँग १–० को हार बेहोरेको हो । कतारस्थित दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा नेपालले सुरुवाती गोल खाएपनि त्यसपछि थप गोललाई रोक्न सफल भयो । ओमानका अल मल्कीले १३औं मिनेटमा गरेको गोल नै नेपालको हारमा निर्णायक […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी यू–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा हार बेहोरेको छ । नेपालले ओमानसँग १–० को हार बेहोरेको हो ।

कतारस्थित दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा नेपालले सुरुवाती गोल खाएपनि त्यसपछि थप गोललाई रोक्न सफल भयो । ओमानका अल मल्कीले १३औं मिनेटमा गरेको गोल नै नेपालको हारमा निर्णायक बन्यो ।

खेलभर नै ओमानले नेपाललाई दवावमा राखेको थियो । एक गोल खाइसकेपछि नेपालले रक्षात्मक खेल्दै ओमानलाई रोक्न सफल भयो । नेपालले कुनैपनि समय ओमानको पोस्टमा आक्रमण बुन्न सकेन ।

सिनियर टिममा जस्तै उमेर समूहमा पनि नेपालले ओमानसँग सकरात्मक नतिजा निकाल्न सकेन । सिनियरमा नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन ।

सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन् । समूह ‘ए’ मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ । ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू–२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दोस्रो खेलमा आइतबार कतार र तेस्रोमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.