default_image

5 years ago

March 23, 2019

विश्वविजेता फ्रान्सले मोल्डोभालाई हरायो

एजेन्सी – विश्व विजेता फ्रान्सले युरो छनोटको खेलमा मोल्डोभामाथि सहज जित निकालेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को खेलमा फ्रान्सले मोल्डोभामाथि ४–१ को सहज जित निकालेको हो । मोल्डोभाको मैदानमा भएको खेलमा फ्रान्सको सहज जितमा एन्टोइन ग्रिजमन, राफाएल भरान, ओलिभर जिरुड र केलियन एमबाप्पेले गोल गरे । घरेलु टोलीका भ्लादिमिर एमब्रसले सान्त्वना गोल […]

49 views

0 Bookmark

एजेन्सी – विश्व विजेता फ्रान्सले युरो छनोटको खेलमा मोल्डोभामाथि सहज जित निकालेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को खेलमा फ्रान्सले मोल्डोभामाथि ४–१ को सहज जित निकालेको हो ।

मोल्डोभाको मैदानमा भएको खेलमा फ्रान्सको सहज जितमा एन्टोइन ग्रिजमन, राफाएल भरान, ओलिभर जिरुड र केलियन एमबाप्पेले गोल गरे । घरेलु टोलीका भ्लादिमिर एमब्रसले सान्त्वना गोल फर्काए ।

एकपक्षीय बनेको खेलमा विश्वविजेता फ्रान्सले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा पल पोग्वाको पासमा एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । २७औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा रापइल भरानले गोल गर्दै अग्रता दोब्बर बनायो । ३६औं मिनेटमा ओलिभर जिरुले गाल गरेपछि ब्लेस माथुडीको पासलाई सदुपयोग गरेपछि फ्रान्स पहिलो हाफमै ३–० ले अघि बढेको थियो ।

८७औं मिनेटमा युवा फरवाडै केलियन एमबाप्पेले गोल गरेपछि फ्रान्स फराकिलो जिततर्फ खग्रसर बनेको थियो । तर, त्यसको २ मिनेटपछि घरेलु टोलीका भ्लादिमिरले गोल गर्दै गोल अन्तर कम गरेपनि त्यसपछि थप गोल हुन नसक्दा फ्रान्स ४–१ ले विजयी हुन सफल भयो ।

यही समूहको अर्काे खेलमा आईसल्यान्डले एन्डोरालाई तथा टर्कीले अल्वानियालाई समान २–० को नतिजामा पराजित गर्दै ३ अंक जोडेे । आईसल्यान्डको जितमा विरकिर बीजार्नासन र भिदारअर्न कृजार्नासनले समान १ गोल गरे । टर्कीलाई जिताउन बुराक यिल्माज र हाकन कलहानोग्लुले गोल गरे ।

सन् २०२० को युरोकपको लागि अहिले युरोपका विभिन्न ५५ राष्ट्रलाई ८ समुहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले अर्काे चरणमा स्थान बनाउनेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.