default_image

5 years ago

March 24, 2019

कतारविरुद्ध एक खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेलका लागि नेपालले पहिलो खेलबाट एक खेलाडी परिवर्तन गर्ने भएको छ । ओमानसँग पहिलो खेलमा १–० गोलले पराजित हुँदा मिडफिल्डर हेमन्त थापामगरले चोट बोकेका थिए । उनको स्थानमा नितिन थापाले आज मैदानमा उत्रने भएका छन् […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेलका लागि नेपालले पहिलो खेलबाट एक खेलाडी परिवर्तन गर्ने भएको छ ।

हेमन्त थापामगर र नितिन थापा (दायाँ)

ओमानसँग पहिलो खेलमा १–० गोलले पराजित हुँदा मिडफिल्डर हेमन्त थापामगरले चोट बोकेका थिए । उनको स्थानमा नितिन थापाले आज मैदानमा उत्रने भएका छन् । हेमन्तले भने प्रतियोगिताका बाँकी सबै खेल गुमाउने टोलीका डाक्टर राजु डंगोलले जानकारी दिएका छन् । नेपाल र कतारबीचको खेल दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

कतारविरुद्धको सुरुवाती रोजाइमा गोलरक्षक अर्पण कार्की रहनेछन् । डिफेन्डरहरु सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ खेल्नेछन् । रक्षात्मक मिडफिल्डमा तेज तामाङ तथा सेन्टर मिडफल्डमा गौरव बुढाथोकी र नितिन थापा खेल्नेछन् । विंगर अन्जन विष्ट र सुनील बलले स्ट्राइकर विमल घर्तीमगरलाई साथ दिनेछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.